back
NMB ad

राष्ट्रिय बाणिज्य बैंकमा सिइओ बन्न क-कसले दिए आवेदन ?

Kumari bank ad

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) बन्न १६ जनाले आवेदन दिएका छन्।

बैंकका निवर्तमान सिइओदेखि पूर्व बैंकर र बीमा कम्पनीमा काम गरिरहेकाहरुले सिइओका लागि आवेदन दिएका हुन् ।   पूर्ण सरकारी स्वामित्वको बैंकमा एक महिनायता सिइओ खाली छ । तत्‍कालीन सिइओ कृष्णप्रसाद शर्माको चार वर्षे कार्यकाल सकिएपछि खाली भएको पदमा उनीहरुले आवेदन दिएका हुन् ।

वाणिज्य बैंकको सिइओ बन्न बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्मा, बैंककै कामु प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थी, माछापुच्छ्रे बैंकका पूर्व सञ्चालक गोपीकृष्ण न्यौपानेसहितले आवेदन दिएका छन्। वाणिज्य बैंकका अरु तीन नायव महाप्रबन्धकले पनि सिइओका लागि आवेदन दिएका छन् ।

यस्तै कर्मचारी सञ्चय कोषका प्रशासक कृष्णप्रसाद आचार्य, नेपाल बैंकका पूर्व महाप्रबन्धक किरण श्रेष्ठ, नेको इन्स्योरेन्सका म्यानेजमेन्ट एडभाइजर अशोककुमार खड्का, कृषि विकास बैंकका नायव महाप्रबन्धक अनिल उपाध्यायले पनि सिइओका लागि आवेदन दिएका छन्।

सरकारले अर्थमन्त्रालयका सहसचिव कृष्ण देवकोटाको संयोजकत्वमा सिइओ छनौट समिति गठन गरेको थियो।

२० माघ २०७२

वि.सं.२०७२ माघ २० बुधवार १६:१२ मा प्रकाशित

You can share this post!

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:५३

खोटाङ, १९ वैशाख : तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:४३

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज...

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:१७

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र...

जापानमा ९० लाख घर खाली   

जापानमा ९० लाख घर खाली   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:४३

टोकियो, १९ वैशाख : जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३...