काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्जमा मंगलबार नागबेली लघुवित्त र लुम्बिनी फाईनाईन्सको सेयरमूल्य समायोजन भएको छ । नागबेली लघुवित्तको ४० प्रतिशत बोनस तथा लुम्बिनी फाईनाईन्सको ३५ प्रतिशत बोनस पछिको मुल्य समायोजन गरिएको नेप्सेले जनाएको छ ।
नेप्सेले ४० प्रतिशत बोनस समायोजनपछि नागबेली लघुवित्त कम्पनीको सेयर मुल्य २ हजार २ सय २९ रुपैंयाँ कायम गरेको छ । लघुवित्तको आधारमुल्य दुई हजार दूई सय ७३ रुपैंयाँ रहेको छ ।
त्यस्तै, लुम्बिनी फाईनाइन्सको पनि मंगलबार नै ३५ प्रतिशत बोनस सेयरको समायोजन पश्चात नेप्सेमा सेयरमुल्य २ सय ८१ रुपैंयाँ कायम भएको छ । कम्पनीको आधारमुल्य दुई सय ४० रुपैयाँ रहेको छ ।
१९ पुस २०७३, १२।००
वि.सं.२०७३ पुस १९ मंगलवार १२:२९ मा प्रकाशित