back
NMB ad

अमेरिकामा ‘यौनसम्पर्क’बाट जिका

Kumari bank ad

काठमाडौँ । यौनसम्पर्कको माध्यमबाट जिका भाइरस सरेको एउटा दुर्लभ घटना अमेरिकामा भएको छ । सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी)का अनुसार त्यसरी संक्रमित भएका एक विरामी टेक्सासको डल्लासमा फेला परेका छन् । बिबिसीलाई उधृतगर्दै कान्तिपुरले लेखेको छ,  ती व्यक्ति स्वयम् प्रभावित क्षेत्र पुगेका होइनन्, तर तिनका यौनपार्टनर चाहिं भेनेजुयलाबाट फर्केका हुन् ।

लामखुट्टेले सार्ने ठानिने जिकाका कारण यतिखेर संसारमा हजारौं नवजात शिशुहरु अर्धविकसित मस्तिष्कसहित जन्मेका छन् । यो अमेरिकी महाद्धिपीय क्षेत्र हुदै फैलिरहेको छ । विश्व स्वास्थ्य संगठनले जिका संक्रमणलाई विश्वव्यापी स्वास्थ्य संकटकालका रुपमा घोषणा गरिसकेको छ ।

अमेरिकी रेडक्रसले जिका प्रभावित मुलुकबाट फर्केका सम्भावित रक्त दातालाई फेरि रगत दान गर्नका लागि कम्तिमा २८ दिन कुर्न आग्रह गरेको छ । मेक्सिको, क्यारेवियन र मध्य वा दक्षिण अमेरिकाबाट फर्केकाहरुलाई यस्तो अभ्यास गर्न आग्रह गरिएको हो ।

यसैबीच जिका भाइरसका २ नया केस अष्ट्रेलियामा देखापरेका छन् । दुवै सिड्नी शहर निवासीहरु हालै मात्र क्यारेवियनबाट फर्केका हुन् । आयरल्याण्डमा जिका २ व्यक्तिमा देखिएको छ । उनीहरु दुवैको जिका प्रभावित मुलुक भ्रमण गरेको पृष्ठभूमि देखियो ।

संक्रमणबाट सबैभन्दा बढी आक्रान्त ब्राजिलले जिका संक्रमित मानिएका करीब ३ हजार ६ सय ७० जना नवजात शिशुहरुमाथि अनुसन्धान भइरहेको जानकारी दिएको छ । पछिल्लो सूचनाअनुसार कुल ४ सय ४ केसहरु जिका संक्रमणकै भएको पुष्टि भएको छ । जबकी ७ सय ९ जना बिरामी चाहिं यसको शंकाबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ब्राजिलमा अहिलेस्मम ७६ जना वच्चाको निधन भइसकेको छ । त्यो गर्भावस्था वा पछि दुवै अवस्थामा भएको हो ।

जिका सर्ने मुख्य माध्यम लामखुट्टे नै हो । तर यो यौनसम्पर्कको माध्यमबाट समेत सर्नसक्छ । त्यसैले यो अदेस लामखुट्टे नपाइने मुलुकका लागि समेत ठूलो खतरा हो ।

अहिलेसम्म अधिकारीहरुले यौनिक सक्रमणलाई एकदमै दुर्लभ भनेका छन् । हुन त गएको वर्षसम्म जिका भाइरस संक्रमणको घटनालाई नै पनि दुर्लभ भनिदै आएको हो । तर विष्फोटक रुपमा संक्रमण फैलिएपछि संसार अचम्भित भएको छ । यससम्बन्धी कयौं प्रश्न अनुत्तरित छन् : यौनजन्य संक्रमण कत्तिको सामान्य वा दुर्लभ हो ? के यो कुनै संकेत नदेखाएका ८० प्रतिशतबाट सर्नसक्छ । विर्यमा भाइरस कतिन्जेल टिक्न सक्छ ?एक पटक संक्रमण भएपछि फेरि कहिले यौनसम्पर्क गर्न सकिन्छ ? प्रभावित क्षेत्रमा फर्केको अवस्थामा पुरुषहरुले के गर्ने ? महिलाहरुले पनि यौनसम्र्पकको माध्यमबाट संक्रमण सार्न सक्छन् ?

तर यो चाहिं नया एचआईभी एडस उत्पन्न भएजस्तो अवस्था भने होइन । एचआइभी संक्रमणको उपचार छेन । दैनिक उपचारको अभावमा यसले मानव जीवनलाई नाटकीय रुपमा छोटयाउछ पनि । जिका संक्रमणका हकमा चाहिं यो छोटो र मन्द हुन्छ, तर यसले गर्भावस्थालाई चाहिं गंभिर खतरा पुर्‍याउँछ ।

अमेरिकाको टेक्सासमा मात्र जिका संक्रमणका ७ वटा केस देखापरेका छन् । ती सबै विदेश भ्रमणका क्रममा बटुलिएका हुन् ।

यो पनि पढ्नुहोस : के हो जिका भाइरस ? मानिसमा कसरी सर्छ ? http://arthatantra.com

२१ माघ २०७२

वि.सं.२०७२ माघ २१ बिहीवार ०८:१३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...