back
NMB ad

पर्यटक आकर्षण गर्न नेचर रिट्रिटले ल्यायो नयाँ स्वास्थ्य प्याकेज

Kumari bank ad
काठमाडौँ । आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले ‘नेचर रिट्रिट टुर एन्ड ट्राभलस’ले विशेष ‘टूर प्याकेज’ ल्याएको छ।  स्वदेश तथा विदेशका प्रमुख पर्यटकीय गन्तव्यमा टूर प्याकेज गर्दै आएको कम्पनीले स्वास्थ्य सेवा पनि दिने भएको छ।
पाँच दिन र सात दिनको टूर प्याकेजमा स्वास्थ्य उपचार पनि उपलब्ध गराइनेछ। आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि नयाँ टूर प्याकेज ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक अभिषेक अर्यालले जानकारी दिए।
“यो योजना पहिलो पटक नेपालमा ल्याएका छौँ, यसबाट नेपाली तथा विदेशीले घुमघामसँगै आफ्नो सम्पूर्ण शरीरको उपचार समेत गर्न पाउनेछन,”–उनले भने।
नेपालबाट जाने पर्यटकका लागि हाल थाइल्यान्डको चर्चित सिकारिन अस्पतालमा उपचार उपलब्ध गराइने छ । त्यहाँ हाडर्जोनी र नशा सम्बन्धी सम्पूर्ण उपचार पाउने छन् । यो प्याकेजका लागि प्रत्येक पर्यटकले रु ५० हजार खर्च गर्नुपर्ने हुन्छ।
 उताबाट आउनेका लागि नेपालमा योगा चिकित्सा, थेरापी आदि उपचारको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ। स्वास्थ्यसम्बन्धी प्याकेज लिन पहिला सेवाग्राहीले स्वास्थ्य सम्बन्धी रिपोर्ट अस्पताललाई बुझाउनुपर्ने हुन्छ।
कम्पनीले थाइल्यान्ड, मलेसिया, सिङ्गापुर हुँदै युरोपसम्म यो प्याकेज बिक्री गर्ने र हाल ती मुलुकबाट उल्लेख्य सेवाग्राही आएको प्रबन्ध निर्देशक अर्यालले बताए।  कैलाश टूरका लागि पनि अहिले धेरै पर्यटक नेपाल आएको बताइन्छ। नेपालका ट्राभल एन्ड टूर कम्पनीले विभिन्न प्याकेज बनाएर पर्यटक आकर्षण गर्न यतिखेर आकर्षक कार्यक्रम ल्याइरहेका छन्।
९ माघ २०७३

वि.सं.२०७३ माघ ९ आइतवार ०७:१६ मा प्रकाशित

You can share this post!

चोरले एक तोला सुन निलेपछि…   

चोरले एक तोला सुन निलेपछि…   

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४२

पाँचथर, २४ वैशाख : पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:३६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:२४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...