back
NMB ad

योग्यता हेर्नुहोस् र २ हजारभन्दा बढीका लागि खुलेको सरकारी जागिरमा आवेदन दिनुहोस्

Kumari bank ad

काठमाण्डौं । नेपाल प्रहरीले एकैपटक दुई हजार ६ सय ७८ प्रहरी जवान पदमा पदपूर्तिका लागि आवेदन माग गरेको छ। प्रहरीले जनपद समूहमा एक हजार ६ सय ४५ र प्राविधिक समूह अन्तर्गत एक हजार ३३ पदमा पदपूर्तिको सूचना प्रकाशन गरेको हो।

२०७३ फागुन १ गतेबाट ३० गतेसम्म आवेदन दिन सकिनेछ। समावेशी समानुपातिक रुपमा हुने पदपूर्तिमा खुला, प्रहरी परिवार, आदिवासी जनजाति, महिला, मधेशी, दलित र पिछडिएको क्षेत्रका लागि कोटा छुट्याएको छ।

सूचना अनुसार प्रहरी जवान जनपद समूहमा एक हजार ६ सय ४५ जना माग गरेको छ। जसमा खुलामा ८८७, अमर अशक्त प्रहरी परिवारलाई ३३, आदिवासी जनजाति २३२, मधेशी २०३, महिला १४५, दलित १०८ र पिछडिएको क्षेत्रका लागि ३७ कोटा छुट्याइएको छ।

यस्तै प्राविधिकतर्फ एक हजार ३३ जनशक्ति माग गरेको छ। जसमा सवैभन्दा बढी जनशक्ति माग सञ्चारमा गरिएको छ। सञ्चारमा ७१८ जना प्रहरी जवानको पदपूर्ति माग गरिएको छ। मेकानिलक इन्जिियरिङ तथा सवारीमा ९६, मेकानिकल विपद् व्यवस्थापनमा १८, स्वास्थ्यमा २५, संगीतमा ६१, आवास तथा भोतिक इन्जिनियरिङमा २२ जनाको पदपूर्ति सूचना गरेको हो।

विज्ञापन अनुसार सूचना प्रविधिरकम्प्युटरमा १७, कुकुर स्कुल ५३, विधिविज्ञानमा १८ र हातहतियार ९आरमर०मा ५ जना पदपूर्ति १८ बर्ष पूरा भई २३ बर्ष ननाघेको व्यक्तिले दरखास्त  दिन सक्नेछन्। न्युनतम टेष्ट तथा एसएलसी परीक्षा उत्तीर्णहरुले आवेदन फाराम भर्न सक्नेछन्।

आवेदन फाराम काठमाडौं, झक्तपुर र ललितपुर प्रहरी परिसरँगै पूर्वी क्षेत्रीय तालिम केन्द्र विराटनगर, मध्य क्षेत्रीय तालिम केन्द्र दुधौली सिन्धुली, पश्चिम क्षेत्रीय तालिम केन्द्र वुटवल, मध्य पश्चिम क्षेत्रीय तालिम केन्द्र नेपालगन्ज, सूदुरपश्चिम क्षेत्री तालिम केन्द्र दिपालयमा पाइनेछ ।
उपत्यकासँगै ७२ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालबाट फाराम भर्न सकिनेछ । फाराम दस्तुर १०० रुपैयाँ लाग्नेछ।

२० माघ २०७३, ११।००

वि.सं.२०७३ माघ २० बिहीवार ११:२२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...