back
NMB ad

नेपालमा पहिलो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी हुँदै, १७ राष्ट्रले भाग लिँदै

Kumari bank ad

काठमाण्डौं । कृषि क्षेत्रको व्यावसायिक बिकास गर्ने उद्देश्यले नेपालमा पहिलो पटक बृहद अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको आयोजना हुने भएको छ। आगामी फागुन ६ देखी ८ गते सम्म भृकुडीमण्डपमा मेला आयोजना हुने भएको हो।

कृषि विकास मन्त्रालय, कृषि ईन्जिनीयरिङ निर्देशनालय, मिडिया स्पेश सोलुसन, फ्युचरेक्स इन्डिया र कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो।

प्रदर्शनीमा पशुपंक्षी बिकास मन्त्रालय, कृषि उद्यम केन्द्र, आर एण्ड डि इनोभेटिभ सोलुसन र नेपाल कृषि सहकारी केन्द्रिय संघ सहयोगीको रुपमा रहने आयोजकले जानकारी दिएका छन्।

नेपाल, भारत, मलेसीया, चीन, ताइवान, इटाली, इजराइल, बंगलादेश, जर्मनी, बेलजियम, नेदरल्याण्डसहित १६ देशका दुईसय भन्दा बढी स्टलको सहभागीता रहने यस प्रदर्शनीमा आधुनिक कृषि यन्त्र तथा उपकरणहरु, आधुनिक खेती प्रणाली, डेरी उद्योग, मत्स्यपालन उद्योग, पोल्ट्री उद्योग एवं पशुपालन उद्योग सम्बन्धी विभिन्न प्रविधिहरुको प्रदर्शनी हुनेछ। साथै कृषि, पशुपालन तथा डेरी सम्बन्धी विभिन्न प्राविधिक गोष्ठीहरु पनि संचालन गरिने आयोजकले जनाएको छ।

प्रदर्शनीमा कृषिक्षेत्रलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने साना औजार, मेसिनदेखि कृषि, डेरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला ठूला उपकरणहरुको प्रदर्शनीका साथै डेमो पनि देखाइने जनाइएको छ।

नेपालको कृषि क्षेत्रको यान्त्रिकरणमा सहयोग पुर्याउन प्रदर्शनी कोशेढुंगा सावित हुने आयोजक मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक सर्जल भट्टराईले बताए । प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्धारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने आयोजकले जनाएको छ।

२४ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ २४ सोमवार ११:४३ मा प्रकाशित

You can share this post!

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:१६

काठमाडौँ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...