back
NMB ad

बैंक वित्तमा वित्तीय अपराधका घटना मौलाउँदै

Kumari bank ad

काठमाडौ । पछिल्लो समयमा वित्तीय अपराध मौलाउँदै गएको पाइएको छ । वैदेशिक रोजगारी, बैंकिङ कसुर, जग्गा कारोबार, चेक बाउन्स तथा शैक्षिक परामर्श केन्द्रको आबरणमा बढी ठगी हुने गरेको छ । वित्तीय अपराध बढ्दै गएपछि प्रहरीले बैंक तथा बित्तीय संस्था र सहकारीमार्फत आर्थिक अपचलन, नेटवर्किङ तथा बिमा ठगी, विदेशी मुद्रा अपचलन, भिषा तथा क्रेडिट कार्ड ठगी, अवैध ढुकुटी सञ्चालन लगायत अपराध नियन्त्रणमा सक्रियता बढाएको छ ।

नेपाल प्रहरीले पछिल्लो डेढ वर्षको अवधिमा उपत्यकाका तीन जिल्लाबाट मात्रै पाँच अर्ब रुपैयाँभन्दा बढी ठगीमा संलग्न चार सयभन्दा बढी अभियुक्तलाई कारबाहीको दायरामा ल्याएको छ । उनीहरु घरजग्गा कारोबार, सहकारीको रकम हिनामिना, घरायसी लेनदेन, वैदेशिक रोजगारी, अंशवण्डा विवाद, शैक्षिक परामर्श केन्द्र लगायतको आवरणमा ठगी गरेको आरोपमा पक्राउ परेका हुन् । काठमाडौं प्रहरीमा पछिल्लो डेढ वर्षमा एक अर्ब भन्दा बढीको वित्तीय अपराधका उजुरी दर्ता भएको रेकर्ड छ । यो अवधिमा देशभरका सहकारीमा मात्रै झन्डै ११ अर्ब रुपैयाँ ठगी भएको सरकारद्धारा गठित छानविन आयोगको प्रतिवेदन छ ।

पछिल्लो छ वर्षको तथ्यांक हेर्ने हो भने आर्थिक वर्ष ०६७।६८ मा वित्तीय अपराधमा संलग्न ९२ जना पक्राउ परेका थिए । त्यस्तै, आर्थिक वर्ष ०६८।६९, ०६९।७०, ०७०।७१ र ०७१।७२ मा क्रमशः ५४, ७६, ४९ र ४६ जना अभियुक्त पक्राउ परेका थिए । गत आर्थिक वर्षमा भने वित्तीय अपराधमा संलग्न ७१ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मितिः २०७३ माघ २५

वि.सं.२०७३ माघ २५ मंगलवार १५:०३ मा प्रकाशित

You can share this post!

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...