back
NMB ad

हाइड्रोको कमाई, ६ महिनामै करिब ५६ करोड नाफा

Kumari bank ad

काठमाण्डौं । चिलिमे हाइड्रोले आफ्नो वित्तीय विबरण सार्वजनिक गरेको छ । हाइड्रोले चालु आर्थिक वर्षको छ महिनामा ५५ करोड ९२ लाख ३४ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा उसले ५६ करोड १७ लाख १८ हजार रुपैंया खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा ६४ करोड २५ लाख २३ हजार रुपैंयाको बिद्युत बिक्री शिर्षकलाई बढाएर ६५ करोड ४२ लाख ४१ हजार रुपैंया पुर्याएको हाइड्रोको अन्य आम्दानी ३६ लाख २८ हजारबाट दुई लाख २८ हजार रुपैंयामा झरेको छ ।

एक करोड ६५ लाख ४१ हजार रुपैंयाको प्रशासनिक खर्च दुई करोड ७९ लाख १८ हजार रुपैंयामा उक्लिए पछि सञ्चालन मुनाफामा नै गिरावट व्यहोरेको हाइड्रोको व्याज आम्दानी पनि चार करोड आठ ६६ हजार रुपैंयाबाट एक करोड ७९ लाख ९१ हजार रुपैंयामा सिमित हुँदा खुद नाफामा संकुचन बढेको हो ।

चुक्ता पूँजी तीन अर्ब १३ करोड ४४ लाख ७७ हजारबाट १० प्रतिशत बोनस बितरण गरी तीन अर्ब ४४ करोड ७९ लाख २४ हजार रुपैंया पुर्याएको हाइड्रोको प्रतिसेयर आम्दानी समिक्षा अवधिमा ३५ रुपैंया ८४ पैसाबाट ३२ रुपैंया ४४ पैसामा झरेको छ । मूल्य आम्दानी अनुपात ३७ दशमलव ९७ गुणाबाट २५ दशमलव १९ गुणामा झरेको छ ।

प्रतिसेयर नेटवर्थ पनि दुई सय ३८ रुपैंया ७२ पैसाबाट दुई सय ३१ रुपैंया ३३ पैसामा झरेको हाइड्रोको प्रतिसेयर कुल सम्पत्तिको मूल्य पाँच रुपैंयाले घटेर दुई सय ४७ रुपैंया ५२ पैसा कायम भएको छ ।

२६ माघ २०७३, १।००

वि.सं.२०७३ माघ २६ बुधवार १५:२० मा प्रकाशित

You can share this post!

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...