back
NMB ad

फाटेको जुत्तामा प्रियंका कार्की !

Kumari bank ad

करिब चार बर्ष पहिले निर्माता अर्जुनकुमारले फाटेको जुत्ता शिर्षकमा फिल्म निर्माणको घोषणा गरे । पब्लिकबाट स्कृप्ट माग गरे अनि उत्कृष्ट मध्येको एकमा फिल्म बनाउने र १ लाख पुरस्कार दिने बोले ।

तर फिल्मलाई सुहाउँदो स्कृप्ट नआएपछि प्रोजेक्ट नै रोकियो । अब भने सोहि नाममा फिल्म बनाउन अर्जुनकुमार जुटेका छन् । निरज महर्जनको कथामा फिल्म बन्ने पक्का भएको छ । बैशाख १५ बाट फ्लोरमा जाने तयारीका साथ प्रि प्रोडक्सनको काम सुरु भएको उनले जानकारी दिए ।

निकेश खड्काले निर्देशन गर्ने फिल्मको लागी लिड अभिनेतामा सौगात मल्ल र प्रियंका कार्की फाईनल भएका छन् भने पुर्ण कमेडी जनरामा बन्ने फिल्ममा कामेश्वर चौरासिया, बुद्धी तामाङ, रविन्द्र झा, आमिर गौतम, सन्दिप क्षेत्री, रमेश रंजन झा समेत अभिनयमा रहने बताईएको छ ।

सम्पुर्ण छायाँकन बिरगंजमा हुने भनिएको फिल्मको अनुमानित बजेट डेढ करोड दाबी निर्माण पक्षले गरेको छ । अर्को बर्षको भदौमा नै फिल्मको संभावित रिलिज तोकिएको छ ।

प्रकाशित मितिः २०७३ फागुन २०

वि.सं.२०७३ फागुन २० शुक्रवार १६:०३ मा प्रकाशित

You can share this post!

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...