back
NMB ad

चन्द्रागिरि नगरपालिकाको मेयरमा कस्ले मार्ला बाजी !

Kumari bank ad

काठमाडौँ । स्थानीय चुनावको मिति घोषणा भएसंगै राजनीतिक दलका नेता कार्यकर्ता चुनाव केन्द्रित कार्यक्रममा व्यस्त भएका छन् । झन्डै दुई दशक पछी हुन लागेको चुनावमा आकांक्षि उम्मेद्वार पनि प्रसस्तै मैदानमा देखिन थालेका छन् ।

प्रदेश नं. ३ कै महत्वपूर्ण मानिएको चन्द्रागिरि नगरपालिकामा मेयरका आकांक्षि दर्जन बढीदेखिएका छन् । एमालेबाट मात्रै झन्डै आधा दर्जनको हाराहारीमा नेताहरुको दौडधुप सुरु भाईसकेको छ । ४४ हजार हाराहारीमा मतदाता रहेको चन्द्रागिरि नगरपालिकामा १५ वटा वडा रहेको छ । कलंकीदेखि पश्चिमका साबिक ११ वटा गाबिस मिलेर बनेको यस नगरपालिकाको स्थानिय चुनाबको पछिल्लो अवस्था हेर्ने हो भने एमालेले बाजी मार्ने निश्चित जस्तै छ । तर लामो समयदेखि स्थानिय चुनाव नहुनु, संसदीय चुनाबमा काँग्रेसको जित र बहालवाला प्रधानमन्त्रीको चुनाव क्षेत्र भएका कारण एमालेलाई चुनौति पनि उत्तिकै छ । एमालेमा आकांक्षितको व्यवस्थापन र लोकप्रिय उम्मेद्वार छनोटमा ध्यान दिने हो भने सजिलै जित्ने कांकलन स्थानीयको छ ।

बलियो शक्ति मानिएको नेकपा एमालेमा कस्ले टिकट ल्याउला भन्ने बहस यतिबेला उत्कर्समा छ । पुर्व गाविस अध्यक्ष प्रल्हादबहादुर कार्की, हरिशरण थापा, गोपिचन्द्र कार्की, रमा आलेमगर, दिपक पनेरु, भाइकृष्ण बलामी लगायतको नाम यतिबेला आकांक्षिको सूचिमा छ । आकांक्षिको सूचि जतिसुकै लामो भए पनि नगर कमिटि संयोजक रहेका प्रल्हादबहादुर कार्की स्थानीयको माझमा लोकप्रिय देखिएका छन् । दुई पटक गाबिस अध्यक्षको सफल नेतृत्व गरिसकेका कार्की पार्टी र जनताको नजरमा अन्य आकांक्षि भन्दा अगाडी देखिएका छन् । सबैभन्दा बढी मतदाता रहेको साबिक गाबिस अध्यक्ष रहेको कारणले पनि चन्द्रागिरिमा कार्कीको दावी स्वत बलियो देखिएको स्थानीय बताउँछन् । पार्टीबाट टिकेट फुत्काउन अझै दुई साता बाँकी छ, हेरौं कस्ले मार्ला बाजी !

१७ चैत २०७३

वि.सं.२०७३ चैत १७ बिहीवार १३:३३ मा प्रकाशित

You can share this post!

चोरले एक तोला सुन निलेपछि…   

चोरले एक तोला सुन निलेपछि…   

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४२

पाँचथर, २४ वैशाख : पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:३६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:२४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...