back
NMB ad

मासिक १ लाख रुपैयाँसम्म तलब हुँदा पनि ड्राइभर पाइँदैन !

Kumari bank ad

काठमाण्डौं । नेपालल हेभी इक्विपमेन्ट महासंघका अनुसार पूर्वाधार निर्माणमा आवश्यक डोजर,रोलर,ब्याकहो लोडर,स्काभेटर लगायतका सवारी साधनको चालक (ड्राइभर) नै पाइदैन। महासंघका अनुसार करिब ६ हजार चालक आवश्यक छ ।

चालक अभाव भएपछि महासंघले तालिम सेन्टर स्थापना गरेर जनशक्ति उत्पादनको पहल गरेपनि चालक अनुमति पत्र पाउन नसकेपछि जनशक्ति अभाव भएको हो । । चालक अनुमतिपत्रको प्रावधान कडा भएकोले पनि ड्राइभर पाउन गाह्रो भएको महासंघका कोषाध्यक्ष सुरेश खत्री बताउँछन् । हेभी इक्विपमेन्टको लाइसेन्स लिन साना सवारी साधनको लाइसेन्स लिएको दुर्इ वर्ष पूरा गरेको हुनुपर्ने प्रावधान छ।दुर्इ वर्ष पूरा भएपछि हेभी इक्विपमेन्ट चलाउने तालिम लिएपछि मात्रै लाइसेन्स लिन योग्य हुने प्रावधान चालक अनुमति पत्र सम्वन्धी ऐनमा उल्लेख छ। ऐनमा भएको यही प्रावधानका संशोधनका लागि व्यवसायी आएको बताउँदै ऐन संशोधनको प्रकिया अघि बढेको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराइले बताए।

हेभि इक्विपमेन्ट चलाउने चालकले मासिक ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म कमाउँछन्। मुलुकभित्र अहिले दुर्इ हजार यस्ता सवारी साधन चलाउने चालकले लाइसेन्स पाएका छन्। लाइसेन्स पाएका पनि विदेशमा रोजगारीमा जाँदा थप समस्या भएको छ ।

२२ चैत २०७३, बिजमाण्डुको सहयोगमा, ७।००

वि.सं.२०७३ चैत २२ मंगलवार ०८:२९ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...