back
NMB ad

सर्वसाधारणले चैत ३० गतेसम्म आवेदन दिनसक्ने बैंकको लाखौं कित्ता सेयरबारे जान्नुहोस् !

Kumari bank ad

सेवा विकास बैंकले बिहीबारदेखि पुनः सात लाख ५२ हजार एक सय ५१ कित्ता सेयर लिलामीमा निकालेको छ । यसअघि सेवाले फागुन १७ देखि २३ गतेसम्म संस्थापक समूहको १० लाख ४० हजार एक सय ७१ कित्ता सेयर र सर्वसाधारण समूहको दुई लाख २१ हजार ६०७ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । त्यतिबेला संस्थापक समूहबाट आवश्यकता अनुसार आवेदन नपरेपछि बाँकी रहेको सेयर पुनः सर्वसाधारणले समेत भर्न पाउने गरी लिलामीमा ल्याइएको हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी आवेदन दिन सक्नेछन् । यसमा अब सर्वसाधारणले पनि बोलकबोल फारम भर्न सक्नेछन् । यो लिलामी सेयरमा लगानीकर्ताले चैत ३० गतेसम्म आवेदन दिन सकिनेछ । आवेदकले एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं तथा सेवा विकास बैंकको प्रधान कार्यालय पुष्पलाल चोक बुटवलबाट फारम लिन र बुझाउन सक्नेछन् ।

हाल सेवाको चुक्ता पुँजी ५० करोड ६४ लाख १० हजार रुपैयाँ छ ।

प्रकाशित मितिः २०७३ चैत २४

वि.सं.२०७३ चैत २४ बिहीवार १७:१० मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...