back
NMB ad

सकारात्मक सोच, स्वदेशी उत्पादन, र स्वास्थ्यमा मेरो जोड रहनेछ: हमाल

Kumari bank ad

एफएनसीसीआईले सबै क्षेत्रका व्यवसायीक आवाजहरु सुन्दै समस्या समाधानमा पहल गर्दछ

मैले मेडिकल इक्युपमेन्ट,टेक्नोलोजी र मेडिकल क्षेत्रमा विगत २२ वर्षदेखि नविनत्तम एवं नयाँ प्रबिधि भित्र्याउने कार्य गर्दै आएको छु । यसले स्वास्थ्य क्षेत्रमा एक खालको सहजता भएको छ । त्यसैक्रममा २०६१ सालमा केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसन (केमसान) दर्ता गरी समग्र स्वास्थ्य व्यवसायीलाई एक ठाउँमा ल्याएका छौं । त्यसको म अध्यक्ष छु । यतिबेला स्वास्थ्य क्षेत्र वास्तवमा धेरै समस्याले आक्रान्त छ । हामीले हाम्रा समस्याहरु हाम्रो एसोशियसनर्फत सरकारी निकायमा पनि बेला बेला उठायौं । तर जति आवाज उठाउँदा पनि हाम्राा आवाज सुनिएनन् । यता उद्योग वाणिज्य महासंघ भनेको देशको एकमात्र व्यवसायीक छाता संगठन हो । त्यसकारण महासंघले सबैका आवाजहरुलाई उठाउने भएकाले यो क्षेत्रका समस्याहरुलाई उठाउन उचित ठानेर मैले उम्मेदवारी दर्ता गरेको हुँ ।

सकारात्मक सोच, स्वदेशी उत्पादन, र स्वास्थ्यमा मेरो जोड रहनेछ

सकारात्मक सोच, स्वदेशी उत्पादन, र स्वास्थ्यमा जोड भन्ने मेरो नारा छ नकारात्मक कुरालाई सकारात्मक बनाउँदै स्वदेशी उत्पादनमा मेरो जोड रहनेछ । स्वदेशी उत्पादन नहुँदा नाकाबन्दकिा समयमा धेरै मार खेप्नुपर्यो ।

नेपालकै स्वदेशी उत्पादनमा मेरो जोड

यसलाई विचार गर्दै नेपालकै स्वदेशी उत्पादनमा मैले आफ्नो समय दिने, जानेबुझेका कुरा त्यसमै समर्पित गर्ने अठोट गरेको छु । म एक त बिशुद्ध नयाँ क्षेत्रको र सबै वस्तुगत संघका नेतृत्वले क्षेत्रगत कुरालाई सम्बोधन गर्ने कुरा गर्नुभएको छ । हाम्रो क्षेत्र अहिलेसम्म एफएनसीसीआईमा प्रतिनिधित्व गरेको छैन । त्यसो भएको हुनाले पनि मलाई सबैले वस्तुगत संघका अध्यक्षहरुले सहयोग गर्नुहन्छ भन्नेमा विश्वास लिएको छु । म नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको सदस्य पनि छु । यदि महासंघमा म सदस्यमा चयन हुनसके संस्थागत तवरले स्वास्थ्य सामाग्री खरिद–बिक्रीमा देखिएका समस्या समाधानमा भूमिका खेल्नेछु ।

हमाल नेपाल उद्योग वाणिज्य महासंघको ५१ औं साधारणसभाबाट हुने निर्वाचनमा बस्तुगत तर्फ कार्यसमिति सदस्य पदका उम्मेदवार हुन् ।

प्रकाशित मितिः २०७३ चैत २७

वि.सं.२०७३ चैत २७ आइतवार १५:४३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...