back
NMB ad

लघुवित्तको आइपिओ किन्नुभयो ? भोलि अन्तिम दिन हो है

Kumari bank ad

काठमाण्डौं । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र २५ गतेदेखि साधारण सेयर निष्काशन गरिरहेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता साधारण सेयर निष्काशन सुरु गरेको हो । यो सेयर भोलि चैत्र २९ गतेसम्म निष्काशन खुला रहने छ ।

निष्काशित कुल सेयरमध्ये १२ हजार कित्ता कर्मचारी र १५ हजार कित्ता म्चुअल फण्डका लागि छुट्याएको छ । बाँकी दुई लाख ७० हजार कित्ता सेयरका लागि आम सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आवेदन दिन इच्छुक लगानीकर्ताले न्युनतम ५० कित्ता अर्थात् पाँच हजार रुपैयाँ र अधिकतम १५ सय कित्ता अर्थात् एक लाख ५० हजार रुपैयाँसम्मको आवेदन दिन सक्नेछन् ।

सेयर निष्काशनका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीको सेयरमा लगानीकर्ताले स्वेदशी लघुवित्तको केन्द्रीय कार्यालय सुनसरी, एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं, एनएमबि बैंकका शाखा कार्यालय उपत्यकाभित्र सूर्य््विनायक भक्तपुर, तीनकुने, सीतापाईला काठमाडौं र थैव ललितपुर साथै उपत्यका बाहिर तीनदोबाटो बनेपा, गोल्छा चोक विराटनगर, आदर्शनगर वीरगञ्ज, अनारमनी वित्र्तामोड, ट्राफिक चोक बुटवल, नयाँ बजार दैलेख, बसपार्क रोड धनगढी, महेन्द्रपथ धरान, भानुचोक जनकपुर, नारायाणगढ चितवन, सुर्खेत रोड नेपालगञ्ज, न्यूरोड पोखरा, लम्की कैलाली, उर्लाबारी चोक उर्लाबारी, सल्लेरी सोलुखुम्बु, धुन्चे रसुवा र इटहरी सुनसरीबाट आवेदन दिन सकिनेछन् ।

२८ चैत २०७३, ७।००

वि.सं.२०७३ चैत २८ सोमवार ०७:४८ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...