back
NMB ad

सिद्धार्थले माग्यो दर्जन कर्मचारी, योग्यता भए आवेदन दिनुहोस्

Kumari bank ad

काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमीटेडले देशका विभिन्न क्षेत्रमा काम गर्ने गरी विभिन्न पदमा पाँचदर्जन बढी कर्मचारी माग गरेको छ । कम्पनीले मेनेजेरदेखि क्लेम अफिसर र असिस्टेन्टसम्मको पदका लागि योग्य उम्मेद्वारबाट दरखास्त आह्वान गरेको छ ।

कम्पनीले विराटनगर र वीरगञ्ज ब्राञ्चका लागि मेनेजर, डेपुटी मेनेजर तथा असिस्टेन्ट मेनेजर मागेको छ । यी पदमा बीबीए वा बीबीएस वा सो सरहको लेभल उतीर्ण गरी जेनेरल इन्स्योरेन्स कम्पनीको व्यवस्थापन तहमा कम्तीमा ५ बर्ष काम गरेको अनुभव हुनेले दरखास्त दिन सक्नेछ ।

मार्केटिंग शाखाका लागि नेपालगञ्ज र काठमाण्डौमा काम गर्ने गरी असिस्टेन्ट मेनेजर समेत मागिएको छ । यो पदका लागि समेत बीबीए वा बीबीएस गरी ५ बर्षको अनुभव प्राप्त गरेकाले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । एचआर डिपार्टमेन्टका लागि कम्पनीले एकजना असिस्टेन्ट मेनेजर मागेको छ । एचआर वा जेनेरल एडमिनिस्टेसनमा एमबीए गरेको र सम्बन्धित कामको ३ बर्षको अनुभव भएकोले यो पदमा आवेदन दिन सक्नेछ । यसैगरी, कम्पनीले अफिसर, जुनियर अफिसर गरी मार्केटिंग शाखामा रहेर काम गर्ने गरी काठमाण्डौ र आफ्ना शाखा कार्यालयहरुका लागि केही संख्यामा जनशक्ति माग गरेको छ । यो पदमा समेत बीबीए वा बीबीएस उत्तीर्ण गरी जेनेरल इन्स्योरेन्सको मार्केटिंगमा १० बर्ष अनुभव प्राप्त गरेकालाई प्राथमिकता दिइनेछ ।

कम्पनीले मुख्य कार्यालय काठमाण्डौ, शाखा कार्यालयहरु इलाम, विर्तामोड, दमक, धरान, राजविराज, मिर्चैया, गाइघाट, सिमरा, गजुरी, बत्तार, खैरेनीटार, तम्घास, सल्यान, सन्धिखर्क र तुल्सीपुरका लागि जुनियर असिस्टेन्ट, असिस्टेन्ट, सिनियर असिस्टेन्ट९मार्केटिंग० केही संख्यामा माग गरेको छ । यो पदमा व्यवस्थापनमा प्रवीणताप्रमाणपत्र तह उतीर्ण गरेका र जेनेरल इन्स्योरेन्सको आधारभूत ज्ञान भएकाहरुले दरखास्त दिनसक्ने बताइएको छ ।

कम्पनीले प्रशासन, दाबी विभागमा रहेर काम गर्ने गरी केही सिनियर असिस्टेन्ट, असिस्टेन्ट, जुनियर अफिसरका लागि समेत दरखास्त माग गरेको छ । बीबीए वा बीबीएस उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा ३ बर्ष कामको अनुभव भएकाहरुले यी पदमा आवेदन दिनसक्नेछन् । कम्पनीले केही संख्यामा मेनेजमेन्ट टेनी समेत माग गरेको छ । यो पदमा मार्केटिंगलाई विशेष बिषय बनाई स्नातकोत्तर गरेका र स्वास्थ्य बिमाको ज्ञान भएका तथा अंग्रेजीमा राम्रो दख्खल भएकाहरुलाई अवसरमा प्राथमिकता दिइने जनाइएको छ ।

कप्र्स एण्ड लाइभस्टक डिपार्टमेन्टका लागि कम्पनीले क्लेम अफिसर र जुनियर अफिसर समेत माग गरेको छ । यो पदमा भेटेनरी डाक्टर, जेटिए वा विज्ञको रुपमा सम्बन्धित क्षेत्रमा ३ बर्ष काम गरेको सेवानिवृत सरकारी जागिरे र स्नातक उत्तीर्णलाई प्राथमिकता दिइने बताइएको छ । सबै पदमा आकर्षक तलब र सेवा सुविधा राखिएको छ । इच्छुक र योग्य उम्मेद्वारले निवेदन, सिभी, नागरिकताको पासपोर्ट, शैक्षिक प्रमाणपत्रका प्रतिलिपि र पीपी साइजको फोटोग्राफसहित अबको १५ दिनभित्रमा आवेदन दिनसक्ने बताइएको छ । यो बिमा कम्पनीको कार्यालय काठमाण्डौको बबरमहलमा अवस्थित छ।

माघ २८, २०७२, २.००

वि.सं.२०७२ माघ २९ शुक्रवार १२:११ मा प्रकाशित

You can share this post!

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख १८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंककले...

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार १५:०३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंककले...

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:३३

काठमाडौँ, १८ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु...

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:२७

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंकका दक्षिण...

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...