काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्जले गरिमा विकास बैंक र फस्ट माइक्रोफाइनान्स कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले हिजो बुधबार गरिमाको ७० प्रतिशत हकप्रद तथा फस्ट माइक्रोको ५० प्रतिशत हकप्रदपछिको सेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेका अनुसार गरिमा विकास बैंकको ७० प्रतिशत हकप्रद पछि सेयरमूल्य प्रतिकित्ता ३ सय ३५ रुपैयाँ कायम भएको छ । जसको आधारमूल्य ३ सय १८ रुपैयाँ रहेको छ । त्यस्तै ५० प्रतिशत हकप्रदपछि फस्र्ट माइक्रोफाइनान्सको सेयरमूल्य प्रति कित्ता एक हजार रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य एक हजार ७ रुपैयाँ रहेको छ ।
३१ चैत २०७३, ७।००
वि.सं.२०७३ चैत ३१ बिहीवार ०८:३४ मा प्रकाशित