back
NMB ad

ग्रीन डेभलपमेन्ट बैंकको शाखा पोखरामा

Kumari bank ad

पोखरा । बाग्लुङ जिल्लामा प्रधान कार्यालय रही बाग्लुङ र म्याग्दीमा सेवा प्रवाह गरिरहेको ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले शुक्रबारदेखि पोखरामा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

नेपाल राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि सिवाकोटीले शाखाको उद्घाटन गर्दै देशमा उत्पादनमा वृद्धि ल्याएर बढ्दो आयातको क्रमलाई न्यूनीकरण गर्दै निर्यात गर्न सक्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताए ।

कृषिको व्यावसायिक विकासमा सहयोग पु¥याउने लक्ष्यका साथ कृषिमा अधिकतम रु सात करोडसम्म कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरिएको उल्लेख गर्दै सिवाकोटीले राष्ट्र बैंकको निर्देशनानुसार वित्तीय अनुशासन कायम गर्दै सेवाग्राहीलाई प्रभावकारी सेवा प्रवाह गर्न बैंक सञ्चालकलाई निर्देशन दिए ।

बंैकका प्रमुख कार्यकारी अधिकृत बैकुण्ठराज तिमल्सिनाले राष्ट्र बैंकको निर्देशनानुसार २०७४ असार मसान्तभित्र बैंकको चुक्ता पुँजी रु ५० करोड पु¥याउन बैंक प्रतिबद्ध रही एक बराबर चार (१ः४) को अनुपातमा अग्राधिकार सेयर निष्काशन गर्न बैंक अघि बढेको जानकारी दिए ।

तिमल्सिनाले बैंकको कारोबारको आयतन वृद्धिका लागि नयाँ सम्भावित स्थानको पहिचान गरी नयाँ शाखा सञ्चालनको तयारीमा रहेको पनि बताए ।

९ बैशाख २०७४

वि.सं.२०७४ वैशाख ९ शनिवार १३:५८ मा प्रकाशित

You can share this post!

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:११

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी...

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:०५

चैनपुर (बझाङ) १६ वैशाखः बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको...

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक...

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४५

काठमाडौँ, १६ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल...

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३५

काठमाडौँ, १६ वैशाखः आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो...

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासङ्घ अध्यक्ष ढकाल     

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासङ्घ अध्यक्ष ढकाल     

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:२६

काठमाडौँ, १६ वैशाख: नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले...