back
NMB ad

मन्त्रीका नातीले हतार-हतार किन गरे घोडासँग बिहे ?

Kumari bank ad

आफ्नो पाँच वर्षका छोराले आफ्नो बिहे घोडासँग गराइदिन माग गरेपछि उनका बाबुआमा तिनछक परे । सुरुमा त केही सोँच्न पनि सकेनन्, लाजले भुतुक्क भए र छोरालाई हकारे पनि ।

अमेरिकाको लुसियानास्थित कोस्टाका ५ वर्षीय गेब बुसले गत शनिवार आफ्नै घरमा पालेको एक घोडीसँग बिहे गरे । बटरबल नामक त्यो घोडीलाई हजुरबाले गर्भाधानका लागि घोडा फार्ममा पठाउने थाहा पाएपछि उनले यस्तो निर्णय लिएका थिए ।

उक्त घोडी घोडाफार्ममा गएर बच्चा समेत पाएर आउने थाहा पाएपछि उनलाई आफु उक्त घोडीको पति हुने इच्छा जाग्यो । अर्थात् घोडीको भावी बछेडाको पिता बन्ने उनलाई मन लागेछ ।

विचरा ती बालकलाई बच्चा जन्माउनका लागि घोडीलाई भाले घोडासँग समागम गर्नुपर्छ भन्ने के थाहा ? उनले घोडीलाई आफुसँग बिहे गरेर मात्र फार्ममा पठाउन परिवारसँग माग गरे र घेाडीको भावी सन्तानको पिता आफु नै हुनुपर्ने जिद्दी गर्नथाले ।

आफुले बिहे गरेपछि उक्त प्यारो घोडी आफुलाई छाडेर कहिल्यै नजाने र पुनः फर्केर आउने विश्वास उनको थियो । बच्चाको जिद्दीका अघि कसैको केही लागेन । अन्ततः परिवाजन तथा आफन्तहरु मिलेर बुस र बटरबलको बिहे गरिदिए । गेबका हजुरबा रिचार्ड लोगन सिनियर स्थानीय मन्त्री पनि हुन् ।

वि.सं.२०७२ फागुन १ शनिवार १०:३२ मा प्रकाशित

You can share this post!

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:१६

सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ ।...

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...