back
NMB ad

मजदुर दिवसमा रोजगारमन्त्रीले भने कतै म बेरोजगार मन्त्री पो हो कि !

Kumari bank ad

काठमाडौ । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले श्रमिकसँग सम्बन्धित श्रम ऐन र सामाजिक सुरक्षा ऐन अबको केहि दिनमै संसदबाट पास हुने बताएका छन् । १२८ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समितिद्धारा आयोजित श्रमिक सभामा उनले श्रम ऐन संशोधन गर्न बनेको उपसमितिले सबै काम पुरा गरेर पास गर्न संसदसमक्ष पठाईसकेको जानकारी दिए । उक्त ऐन संसदबाट पास हुने उनले बताए । त्यसैगरी सामाजिक सुरक्षा ऐनमा केहि संशोधन गरेर उपसमितिले एक दुई दिनमा संसदसमक्ष पठाउने र उक्त ऐन पनि पास हुने बताए ।

आफ्नो मन्त्रालय र मन्त्रीको विषयमा ठट्टा गर्दै उनले मलेसियमा भाषण गरेको कुरा सम्झँदै भने, ʽखोई म त श्रम मन्त्री हो कि हैन थाहा छैन ? श्रम हो कि सरम हो ? त्यस्तै रोजगार मन्त्री त भन्छन्, तर बेरोजगार मन्त्री पो हो कि !ʼ कठिन अवस्थाकाबिच पनि मर्यादित श्रमका विषयमा सरकार गम्भिर रहेको उनको भनाई थियो ।
suryaman gurungTrade union congress may day photo1
कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले ʽलोकतन्त्रको अपनत्व, राज्यका सबै तहमा मजदुरको प्रतिनिधत्वʼ भन्ने मुद्धालाई अगाडि बढाएको बताए । मजदुरको मुद्धाहरुलाई स्थापित गराउन स्थानीय तहको निर्वाचनमा मजदुरको अनिवार्य प्रतिनिधित्व गराउन र स्वदेशमै रोजगारी सिर्जना गराउने विषयमा नेपाल ट्रेड युनियन काँग्रेसले पहल गरिरहेको उनले बताए ।

कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका महासचिव महेन्द्र प्रसाद यादव,कोषाध्यक्ष योगेन्द्र कुँबर,उपाध्यक्षहरु रमा पौडेल, गणेश निरौला लगायतले यो मुलुक श्रमिकका लागि अनुकुल हुन नसकेको भन्दै अनौपचारिक क्षेत्रका काम गर्ने ९६ प्रतिशत श्रमिकहरुको अधिकारका विषयमा आवाज उठाउनुपर्ने बताए । त्यस्तै मजदुरको उन्नति र विकासमा राजनीतिक दलहरुले गम्भिर बन्न नसकेको आरोप लगाउदै उनीहरुले वर्गीय हितमा दबाबमुलक कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा आईएलओका कन्ट्री डाईरेक्टर, रिचार्ड हवार्ड, डब्लु एस एमका महासचिव आम्द्रे, जिलाफका प्रतिनिधि युकी लगायतले शुभकामना दिंदै नेपालका मजदुरहरुको हकहितका लागि यहाँका संगठनहरुसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए ।

 

प्रकाशित मितिः २०७४ बैशाख १८

वि.सं.२०७४ वैशाख १८ सोमवार १२:१९ मा प्रकाशित

You can share this post!

आवश्यकताका आधारमा फरक फरक बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन

आवश्यकताका आधारमा फरक फरक बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:४२

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले हिमाल,...

दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा   

दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:३१

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), २४ वैशाख : पश्चिम नवलपरासीमा रहेको...

पर्यटनको अथाह सम्भावना बोकेको धादिङको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’   

पर्यटनको अथाह सम्भावना बोकेको धादिङको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’   

वि.सं.२०८१ वैशाख २४ सोमवार १३:४६

अच्युत रेग्मी गङ्गाजमुना (धादिङ), २४ वैशाख : स्वच्छ हावापानी, घना...

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

वि.सं.२०८१ वैशाख २४ सोमवार १३:११

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले वीरगंज महानगरपालिका वडा नं. १०,...

प्रभु बैंक र गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर बीच विशेष छुट सम्झौता

प्रभु बैंक र गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर बीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:५९

ललितपुर । महालक्ष्मिस्थान,स्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर...

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा   

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा   

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:२३

मनहरी (मकवानपुर), २४ वैशाख : आजदेखि औपचारिकरूपमा बागमती प्रदेश सरकारले...