back
NMB ad

आ.व.२०७४/७५ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत !

Kumari bank ad

काठमाडौ । सरकारले आर्थिक वर्ष २०७४/७५ का लागि निर्धारण गरेको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेकी छिन् । संबिधान संसोधनका कार्यलाई निष्कर्षमा पुर्याउन सरकार कटिबद्ध रहेको भन्दै सुरु गरिएको नीति तथा कार्यक्रमको सुरुमै राष्ट्रपति भण्डारीले निर्वाचन आचार संहिता लागेको भएकाले नीति तथा कार्यक्रम र बजेटमा पुरानै कार्यक्रमलाई निरन्तरता दिएको बताईन् ।

सरकारको नीति तथा कार्यक्रममा अनुमानित भन्दा बढि अर्थात् आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने अनुमान गरिएको छ । लोडसेडिङ घटाएको कारण उक्त वृद्धि हुन पुगेको सरकारको ठहर छ ।

भूकम्पपछिको पूननिर्माणलाई तिव्रता दिईने, सहकारी निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाईने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेश स्थानीय तहको क्षमता बढाईने र आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गरिने कुरा नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ । औधोगिक क्षेत्रमा बाह्य लगानी बढाउन आर्थिक सुधारका प्रयास र निर्यात बढाउने कार्यक्रम अगाडि बढाईने बताईएको छ ।

कृषिलाई राष्ट्रिय उत्पादनको प्रमुख क्षेत्रको रुपमा अगाडि बढाउने बताईएको छ । जलाशययुक्त जलबिधुत आयोजनाको निर्माण कार्यलाई अगाडि बढाउने उल्लेख छ । पर्यटनको विकास लगायत प्रदेश र स्थानीय तहमा न्युनत्तम लेनको सडक बनाईने नीति तथा कार्यक्रममा उल्लेख छ । पूर्वपश्चिम बिधुुतीय रेलमार्ग, सुरुङमार्ग अगाडि बढाईने साथै जलमार्ग सम्भावनाको अध्यायन गरिने बताईएको छ ।

गतिशिल सहर निर्माण कार्यलाई निरन्तरता दिईन, उत्पादनमूलक रोजगार, युवालाई तालिम, माध्यमिक तहसम्मको निशुल्क शिक्षा र स्थानीय तहलाई हस्तान्तरण गरिने उल्लेख गरिएको छ । शिपयुक्त शिक्षाको विकास गर्ने भन्दै स्थानीय तहको चुनावपछि तीन तहको सरकार हुने निश्चित भएको र संघिय तहको निर्वाचनपछि संबिधानको कार्यान्वयन हुने बताईएको छ । र निर्वाचनका लागि आवश्यक स्रोतको व्यवस्थ गरिने भनेर नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सरकारको नीति तथा कार्यक्रममा नेपालको संबिधान कार्यान्वयन, आर्थिक विकास र भूकम्पपछिको पूननिर्माणलाई प्रमुख प्राथमिकता दिइएको छ । निर्वाचन आचारसंहिता र राजनीति संतुलन कायम गर्नुपर्ने कारण सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरताका रुपमा प्रस्तुत गरिएको छ ।दोस्रो चरणको चुनाव समयमै सम्पन्न गर्ने र २०७४ माघ ७ गतेभित्र तिनै तहको चुनाव सम्पन्न गर्ने  र संक्रमणकालको अन्त्य गरेर अगाडि बढ्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मितिः २०७४ जेठ ११

वि.सं.२०७४ जेठ ११ बिहीवार १६:३६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...