back
NMB ad

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा पुलिस क्लब ९ विकेटले विजयी !

Kumari bank ad

काठमाडौ । नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार पूर्वाञ्चल विकास क्षेत्रको टिमलाई ९ विकेटले हराउँदै पुलिस एक खेल अगावै समूह बि बाट सेमिफाइनलमा पुगेको हो ।

पूर्वाञ्चलले दिएको १ सय ५ रनको लक्ष्य पुलिसले १७ ओभर १ बलमा १ विकेटको क्षतिमा भेट्टायो । उसका लागि सुनिल धमलाले ५२ तथा दिलिप नाथले ३६ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको पूर्वाञ्चलले ३७ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । उसका लागि मेहबुब आलमले ४० तथा अमल दासले १३ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पुलिसका सिद्धान्त लोहनीले ३ तथा ललित भण्डारी र सुशिल कँडेलले समान २–२ विकेट लिए । प्रतियोगितामा शुक्रबार पूर्वाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको टिमबिच खेल हुनेछ ।

प्रकाशित मितिः २०७४ जेठ १२

वि.सं.२०७४ जेठ १२ शुक्रवार १६:१८ मा प्रकाशित

You can share this post!

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३७

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने...

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया  कार्यक्रम सम्पन्न

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३१

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय,...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार एक कम्पनीको मूल्य...

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:०५

टोकियो, १८ वैशाख : जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष...