back
NMB ad

बालुवाटारमा जापानको प्रख्यात चेन रेस्टुरेन्ट उरुतोरा !

Kumari bank ad

काठमाडौ । जापानको प्रख्यात चेन रेस्टुरेन्ट उरुतोराले नेपालमा आफ्नो शाखा विस्तार गरेको छ । आफ्नो १४औं चेनका रुपमा उरुतोरा नेपाल आएको हो ।

उरुतोराले बालुवाटारको रसियाली राजदूतावास नजिकै झण्डै २ करोड रुपैयाँ लगानीमा सुविधासम्पन्न ‘उरुतोरा नेपाल’ रेस्टुरेन्ट खोलेको हो । जापानमा रेष्टुरेण्ट ब्यबसायमा स्थापित लोकनाथ वस्ती र प्रकाश पौडेलको पहलमा जापानी लगानीकर्ता समेतको सहभागीतामा यो रेष्टुरेण्ट खुलेको हो ।

यो रेस्टुरेन्टको १ महिना अघि जापानका पूर्वप्रधानमन्त्री युकेओ हातोयामा र नेपालका लागि जापानका राजदूत मासासी ओगावाले उद्घाटन समेत गरेका थिए । रेस्टुरेन्ट भीआईपी क्षेत्र मानिने बालुवाटारको शान्त वातावरणमा अवस्थित छ । रेस्टुरेन्टका सबै परिकारहरु पूर्ण रुपमा हाइजेनिक रहेको दावी सञ्चालहरुको छ । मेनुमा झण्डै २ सय प्रकारमा स्वादिष्ट परिकारहरु समावेश छन् ।

जापानिज सेफ मासे सादाओ आफैं परिकारलाई उत्कृष्ट रुपमा पस्कन उरुतोरामा कार्यरत छन् । उनीसँग जापनिज रेस्टुरेन्टहरुमा काम गरेका अनुभवी कुक र हेल्परहरु पनि छन् । जापानमा बढी रुचाइने सुसी, सासेमी, चिकेन तेरियाकी, टेम्पुरा, खाराआगे लगायतका परिकार यहाँका बिशिष्ट परिकार हुन् ।

ग्राहकलाई स्वादिष्ट परिकारसँग जापानको सेवाको महसुस गराउन सजावटमा पनि विशेष ध्यान दिइएको सञ्चालक पौडेलले बताए । पोखरा, लुम्बिनी र चितवनमा लगानीका लागि तयारी तिब्र पारिएको उनले बताए ।

प्रकाशित मितिः २०७४ जेठ १२

वि.सं.२०७४ जेठ १२ शुक्रवार १७:२१ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...