back
NMB ad

तेस्रोलिङ्गीले नयाँ शक्तिबाट उम्मेदवारी दिने

Kumari bank ad

रुपन्देही । यही जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा जिल्लाका तीन तेस्रोलिङ्गीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बुटवल उपमहानगरपालिका तथा तिलोत्तमा र देवदह नगरपालिकाका विभिन्न वडामा तेस्रोलिङ्गीले उम्मेदवारी दिनेछन् । नीलहिरा समाजको आयोजनामा शुक्रबार बुटवलमा भएको पत्रकार सम्मेलनमा वडा सदस्यमा बुटवल–८मा सन्तु पुन, तिलोत्तमा–८ मा आनिक राना र देवदह–१० मा विपुल बस्नेतले उम्मेदारी दिने निर्णय भएको जानकारी गराइएको छ ।

रुपन्देहीमा संविधानसभाको चुनावमा समेत उम्मेदवार बनेका आनिक राना र सन्तु पुनले ठूला दलले आफूहरुलाई ठाउँ नदिएकाले नयाँ शक्ति पार्टीबाट उम्मेदवारी दिने तयारी भएको बताए । नयाँ शक्तिका केन्द्रीय परिषद् सदस्य यज्ञ पोखरेलले तीनै जनालाई पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको बताए ।

यसअघि नेपाल जनमुक्ति पार्टीमा आबद्ध रानाले संविधानसभाको चुनावमा रुपन्देही –३ बाट प्रतिप्रस्पर्धा गरेका थिए । यस्तै स्वतन्त्र रुपमा रुपन्देही–४ मा पुनले पनि संविधानसभाको सदस्यमा चुनाव लडेका थिए । हाल रुपन्देहीमा तेस्रोलिङ्गी र समलिङ्गीको सङ्ख्या करिब छ हजार रहेको समाजको जिकिर छ ।

१३ जेठ २०७४

वि.सं.२०७४ जेठ १३ शनिवार १०:०६ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...