back
NMB ad

क्यानाडाको रेजिनामा हुने अन्तरास्ट्रिय चलचित्र महोत्सबमा नेपाली चलचित्र “बिजुली मेसिन“ छानियो

Kumari bank ad

क्यानडा । क्यानाडाको सास्क्याचेवन प्रोभिन्सको रेजिना सहरमा हुने रेजिना अन्तराष्ट्रिय चलचित्र महोत्सबमा नेपाली चलचित्र “बिजुली मेसिन“ प्रदर्शनको लागि छनोटमा भएको छ । उक्त महोत्सबको फेसबुक पेजमा सेयर गरिएको खबर अनुसार सो मोहत्सव यहि वर्ष अगष्ट महिनाको १६ देखि १९ तारिकमा हुन गहुँदै छ ।

महोत्सबमा पठाइएका सयौं अन्तरास्ट्रिय चलचित्रमध्येबाट हालसम्म १५ वोटा फिल्म छानिएका छन् ,त्यसमध्ये जर्मनी बाट ३, ब्राजिल बाट ३, स्पेनबाट २ , अमेरिकाबाट २, र नेदरल्याण्ड, नेपाल, युके, इजरायल र भारतबाट एक एक फिल्म छनौट भएका छन् ।

आयोजका अनुसार छनौटमा परेका मध्येबाट एउटा फिल्मलाई महोत्सबको उत्कृस्ट अन्तरास्ट्रिय चलचित्र घोसणा गरिने छ ।

फोटोमा महोत्सबको फेसबुक पोस्टको स्न्यापसट
नविन अवालको लेखन तथा निर्देशन रहेको बिजुली मेसिन चलचित्रमा राजेश हमाल, बुद्धि तामांग, लक्ष्मी भुसाल, अविशेक सुबेदी, रेलिजा श्रेष्ठ आदि को भूमिका रहेको छ ।

आफ्नो चलचित्र महोत्सबमा छनौटमा परेपछि नेपालमा आफ्नो फिल्मको मार्के्टिंगमा आफूहरू लिकति चुकेको भए पनि बिदेशी आयोजक तथा दर्शकले आफ्नो फिल्मको गुणस्तरलाई बुझिदिनु भएकोमा आफू उत्साहित भएको निर्देशकले बताए ्र मिलेसम्म आफू महोत्सबमा पनि जाने प्रयास गर्ने उनले बताए ।

बिजुली मेसिन निर्माण टिममा रिशव आचार्य, बिन्दु तिमिल्सिना, संजिव न्यौपाने र दिपेन बस्नेत रहेका छन् । नेपालको पहिलो बिज्ञान सम्बन्धि कथा भएको चलचित्र मानिएको बिजुली मेसिनमा दुइ जिम्मेवार नागरिकको सामाजिक कथा प्रस्तुत गरिएको छ । चलचित्रमा बिज्ञान सम्बन्धि परामर्श अमेरिकामा उर्जासम्बन्धी नितिनिर्देशनको काम गरिरहेका इन्जिनियर, लेखक तथा साहित्यकार सन्तोष लामिछानेले प्रदान गरेका हुन् ।

प्रकाशित मितिः २०७४ असार १

 

वि.सं.२०७४ असार १ बिहीवार १२:२४ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:०८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको...