back
NMB ad

रु ५५ हजार लगानीमा एउटा मःमःको डल्लो !

Kumari bank ad

पोखरा । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा विहीबारदेखि तीन दिनसम्म पेप्सी मम मेला हुने भएको छ। आर इभेन्ट ट्रेनर नेपालले फ्रेन्डसिप युथ क्लब र आइएफसी फेसन कलेजको सहकार्यमा पोखरामा गर्न लागेको दोस्रो मेलामा विभिन्न २५ थरिका ममको स्वाद एकै ठाउँमा लिन सकिने भएको छ।

कार्यक्रम संयोजक रविन गुरुङका अनुसार मेलाको आकर्षणका लागि ५५ हजार रुपैयाँको लगानीमा एउटै ममको डल्लो प्रदर्शन गरिने छ। मेलामा एक लाख दर्शक आउने अपेक्षा गरिएको जानकारी दिँदै उनले प्रदर्शनी अवधिमा दर्शकलाई लक्षित गरी १० लाख ममका डल्ला बनाउने तयारी गरिसकिएको बताए।

आगामी फागुन ८ गतेसम्म चल्ने मेलामा ७० वटा स्टल रहने र त्यसमा २० वटा स्टल रेस्टुराँ हुने र अन्य स्टल विभिन्न उत्पादन तथा व्यावसायिक प्रयोजनका रहने प्रचारप्रसार उपसमितिकी संयोजक ज्योति क्षेत्रीले जानकारी दिए। मेलाले पोखराको पर्यटकीय विकासमा थप मद्दत पुर्‍याउने र आन्तरिकका साथै बाह्य पर्यटनको विकासका लागि पनि महत्वपूर्ण बन्ने विश्वास गरिएको छ। नेपालमा पछिल्लो समय मम बढी प्रयोग हुने खाजाका रुपमा विकास भइरहेका बेला यसका पारखीले मेलालाई रुचाउने अपेक्षा गरिएको क्षेत्रीको भनाइ छ।

,बफ र मटन ममको स्वाद मात्रै चाखेका पारखीले मेलामा २५ प्रकारका ममको स्वाद लिन पाउने छन् भने दार्जिलिङ्का साथै काठमाडौँको ममको स्वाद पनि मेलामा लिनसक्ने व्यवस्था मिलाइएको छ। मेलामा सहभागी दर्शकले पनिर, खुवा, केरा, टोफु, गुदपाक, आलु, बिग, ओमन, माछा, ससेज र चकलेट मःमको स्वाद लिन सक्नेछन् ।

सांस्कृतिक उपसमितिका संयोजक पुजन कोइरालाका अनुसार मेलामा दिउँसो हाँस्यप्रहसन,दोहोरी र नौमती बाजा तथा राति लाइभ पप कन्सर्ट,फेसन विक र डिजे सेसन राखिएको छ। मेला सम्पन्न गर्न ४४ लाख रुपैयाँ खर्च लाग्ने र एक लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। मेलाबाट बचत भएको रकम पोखरामा आध्यात्मिक पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय योग ध्यान केन्द्र निर्माणमा खर्च गरिने संयोजक गुरुङले बताए।

‘पोखरा प्राकृतिक रुपले अत्यन्त दर्शनीय स्थान भएकाले यो पर्यटकको विशेष रोजाइमा परेको छ,’ उनले भने, ‘यो प्राकृतिक सुन्दरताको भरपुर उपयोगका लागि शान्तिपूर्ण वातावरण आवश्यक रहेकाले अन्तर्राष्ट्रिय योग ध्यान केन्द्र निर्माण यहाँको आवश्यकता हो।’ मेलाको उद्घाटन सडक बालबालिकालाई २५ वटै थरिका मःम खुवाएर गरिने भएको छ। रासस

५ फागुन, २०७२, ३.००

वि.सं.२०७२ फागुन ५ बुधवार १५:१७ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...