back
NMB ad

एउटै गाँउमा तीन करोडको गोलभेंडा उत्पादन,बजार नहुँदा किसान चिन्तित !

Kumari bank ad

पाँचथर,फिदिम । हिलिहाङ गाँउपालिकाको एउटै गाँउबाट मात्रै झण्डै तीन करोड मूल्य बराबरको गोलभेंडा उत्पादन भएको छ। प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गतको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) कार्यक्रम सञ्चालन भएको हिलिहाङ १ अमरपुरमा आर्थिक बर्ष २०७३(०७४ मा दुई करोड ७८ लाख ९८ हजार मूल्य बराबरको गोलभेंडा उत्पादन भएको हो।

यहाँ उत्पादन भएको गोलभेंडाको प्रतिकिलो सरदर मूल्य १३ रुपैँया मान्दा झण्डै तीन करोडको गोलभेंडा अमरपुरमा मात्रै उत्पादन भएको हो। जिल्ला कृषि विकास कार्यालय पाँचथरका बरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीका अनुसार पकेट क्षेत्रका (अमरपुर) पाँच सय ८० जना किसानले व्यवसायिक रुपमा गोलभेंडा खेती गरेका हुन्। यहाँका एक जना किसानले कम्तिमा १८ हजार पाँच सय बोट गोलभेंडाको खेती गरेका थिए। यसरी हेर्दा यहाँका पाँच सय ८० जना किसानले जम्मा १० लाख ७३ हजार बोट गोलभेंडाको खेती गरेका हुन्।

उक्त गोलभेंडाको विरुवाबाट प्रतिवोट दुई किलो फल उत्पादन भएको अनुमान गरिएको छ। प्रतिबोट दुई किलो गोलभेंडा उत्पादन हुँदा २१ लाख ४६ हजार किलो गोलभेंडा उत्पादन भएको देखिन्छ। तर, एउटै बोटमा छ किलोसम्म गोलभेंडा फलेको यहाँका किसानहरु बताउँछन्।

‘एउटै बोटमा छ केजीसम्म गोलभेंडा उत्पादन भएको छ,’ गोलभेंडा किसान तुलसी ढकालले भने । ‘सबै बोटमा एकै नासको फल लाग्दैन । कुनै बोटमा धेरै फल्छ, कुनै बोटमा थोरै । तर, दुई किलो भन्दा कम कुनै बोटमा पनि फल्दैन।’ न्युनतम उत्पादनलाई मापन गर्दा एउटै गाँउमा करोडौँको गोलभेंडा उत्पादन भएको देखिन्छ।

पकेट कार्यक्रम अन्तर्गत कृषि कार्यालयले कृषकलाई गोलभेंडा खेतीका लागि १०० प्रतिशत, ८५ प्रतिशत र ५० प्रतिशतका दरले अनुदानमा कृषि औजार उपलब्ध गराएको थियो। साना सिँचाइका लागि पाइप, प्लाष्टिक क्रेट, स्पेयर, मल, बिऊ , विषादी, शुष्म खाद्यतत्व समेत कार्यालयले किसानलाई अनुदानमा उपलब्ध गराएको थियो।

मेहनत गर्दा आफूले सोचेभन्दा राम्ररी गोलभेंडा उत्पादन भएको किसानहरु बताउँछन्। तर, उत्पादन गरेको गोलभेंडा बजार अभावले गर्दा विक्रि नलाग्ने गरेको किसानको गुनासो छ।

‘यहाँ उत्पादन भएको गोलभेंडा विक्रिका लागि बजार अभाव छ,’ गोलभेंडा किसान देबी प्रसाद सिग्देलले भने ‘बारीभरी गोलभेंडा लटरम्म फलेर के गर्नु, कहिलेकाहीँ विक्रि नलागेर कुहिएर जान्छ।’ उल्लेख्य मात्रामा गोलभेंडा उत्पादन हुन थालेपछि उत्पादीत गोलभेंडाले बजार नपाउँदा यहाँका किसानहरु चिन्तित छन्। यहाँ उत्पादन गरिएको गोलभेंडा झापाको विर्तामोडसम्म निर्यात हुने गरेको छ।न्यूजएग्रोबाट

फाईल फोटो

प्रकाशित मितिः २०७४ साउन २

वि.सं.२०७४ साउन २ सोमवार १४:५० मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...