back
NMB ad

तीन दल र महन्त ठाकुरबीचको वार्ता सकारात्मक, भोलि फेरि बस्ने

Kumari bank ad

मधेस समस्या समाधानका लागि बसेको वार्ता सकारात्मक भएको छ। मधेसी मोर्चाको मागबारे तीन दल सकारात्मक देखिएपछि बार्ता भोलि फेरि बस्ने गरी टुंगिएको एमाओवादी उपाध्यक्ष एवम् वार्ता टोली सदस्य नारायणकाजी श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।

उनले भने,’हामीले उहाँहरुले उठाइरहनु भएका कुरा, जो वार्ताको वातावरण बनाउनका लागि आवश्यक भनिएका छन्, त्यसलाई पुरा गरी वार्तामार्फत समस्या सुल्झाउने कुरा राख्यौं। परिस्थिति अझ सकारात्मक भएको छ। भोलि फेरि बसेर यी सबै कुरा टुङ्ग्याउने कुरा भएको छ।’

उपाध्यक्ष श्रेष्ठले अध्यक्ष ठाकुरसँग आन्दोलनको स्वरुप परिवर्तन गरेर नाकाबन्दीको अवस्था अन्त्य गर्न आग्रह गरेको पनि बताए। जवाफ ठाकुरले थप छलफल गरेर अघि बढ्ने बताएका थिए।

आन्दोलनरत मधेसी मोर्चाको एक घटक तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरसँग वार्ता गर्न तीन दलका नेताहरू तमलोपा कार्यालय बिजुलीबजार पुगेका थिए।

वार्तामा तीन दलका वार्ता टोली सदस्यहरू नेपाली कांग्रेसका महेश आचार्य, एमालेका अग्नी खरेल र एमाओवादीका  श्रेष्ठ सहभागी थिए।

सहमति जुटाउने प्रयासमा सक्रिय तीन दलका शीर्ष नेताको बालुवाटारमा बसेको बैठकले मधेसी मोर्चासँग आजै वार्ता गर्ने निर्णय गरेको थियो।

बालुवाटार बैठकमा प्रमुख तीन दलको बैठकले मधेशी मोर्चासँग सहमति भएमा समावेशी समानुपातिक र निवार्चन क्षेत्र निर्धारणको माग संविधान संशोधन मार्फत तत्काल पुरा गर्न सकिने निष्कर्ष निकालेको थियो।

वि.सं.२०७२ असोज १४ बिहीवार १७:५७ मा प्रकाशित

You can share this post!

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...