back
NMB ad

दूध बिक्रीबाटै ४५ करोड आम्दानी

Kumari bank ad

बेनी । म्याग्दीमा एक आर्थिक वर्षमा ४५ करोड रुपैयाँ बराबरको दूध बिक्री भएको छ । जिल्ला पशुसेवा कार्यालय म्याग्दीले दिएको जानकारी अनुसार आव २०७३/०७४ मा पाँच हजार पाँच सय ९२ मेट्रिक टन दूध बिक्रीबाट ४४ करोड ७३ लाख ६० हजार रुपैयाँ आम्दानी भएको हो ।

‘जिल्लामा प्रतिलिटर ८० रुपैयाँमा दूध बिक्री हुन्छ । व्यावसायिक रूपमा भैंसी र गाईपालनमा आबद्ध हुने किसानको संख्या बढेसँगै दूध उत्पादन पनि बढेको छु, जिल्ला पशुसेवा कार्यालयका प्राविधिक डिल्लीराम रेग्मीले भने, ‘उत्पादन बढे पनि जिल्ला दूधमा आत्मनिर्भर बन्न सकेको छैन ।’उनका अनुसार अघिल्लो आवमा पाँच हजार चार ९८ मेट्रिक टन दूध उत्पादन भएको थियो । ‘एक वर्षमा १।७१ प्रतिशतले दूध उत्पादन बढे पनि आत्मनिर्भर हुन सकेको छैन, धेरै दूध बाहिरबाट आयात गर्नुपर्ने अवस्था छ,’उनले भने ।

पशुसेवा कार्यालयका अनुसार बेनी नगरपालिकाको सिँगा, बास्कुना, पात्लेखेत, घतान, तोरीपानी, अर्थुंगे, मंगला गाउँपालिकाको बाबियाचौर, बरञ्जा, अन्नपूर्णको शिख, घार, भुरुङतातोपानी, दाना र मालिकाको दरबाङ र रातोढुंगा क्षेत्रमा व्यावसायिक भैंसी तथा गाईपालन गर्ने किसानको संख्या चार वर्षयता ह्वात्तै बढेको छ । यी क्षेत्रमध्ये सिँगा, बास्कुना र बरञ्जाबाट सदरमुकाम बेनी बजारमा सबैभन्दा बढी दूध आपूर्ति भइरहेको छ ।

भुरुङतातोपानी, पोखरेबगरलगायत क्षेत्रमा उत्पादित दूध जिल्लाको दोस्रो व्यापारिक केन्द्र मानिने दरबाङ बजारमा रातोढुंगा क्षेत्रबाट आपूर्ति हुँदै आएको छ । ‘बेनी बजारमा धाइरिङ र पोखराबाट दूध आयात हुन्छ, तीन वर्षयता यो क्रमशः घट्दै गए पनि पूर्ण रूपमा बन्द भएको छैन’, प्राविधिक रेग्मीले थपे । जिल्लामा उत्पादन भएको दूधको परिमाणले २०६८ सालको जनगणना अनुसार वार्षिक प्रतिव्यक्ति ४९ लिटर मात्रै पूर्ति भइरहेको छ ।

‘सामान्यतया हरेक व्यक्तिलाई वार्षिक ९१ लिटर दूध आवश्यक पर्छ । जिल्लामा वार्षिक न्यूनतम एक करोड तीन लाख ३३१ लिटर दूध आवश्यक पर्ने भए पनि हाल ५५ लाख ९२ लिटर दूध मात्रै जिल्लाभित्रबाट पूर्ति भइरहेको छु, पशुसेवा कार्यालयका प्रमुख नरबहादुर पुनले भने । जिल्लामा दूध उत्पादनका लागि ८ हजार २७२ वटा स्थानीय र आठ सय ७५ वटा उन्नत जातका भैंसी तथा चार हजार ६५३ वटा स्थानीय र ९१८ वटा उन्नत जातका दूधालु गाई रहेको जिल्ला पशुसेवा कार्यालयको तथ्यांकमा उल्लेख छ ।

कार्यालयले आर्थिक वर्ष ०७५/७६ भित्रमा जिल्लालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य अनुसार किसानलाई उन्नत जातका गाई तथा भैंसीपालनतर्फ आकर्षित गराउने अभियान चलाएको छ । कार्यालयले आर्थिक वर्ष २०७३/०७४ मा पात्लेखेत र दरबाङमा व्यावसायिक भैंसी प्याकेज स्थापना गरेको छ । व्यावसायिक रूपमा पशुपालन गर्ने किसानलाई आहारा विकास, नश्ल सुधार, दूध बोक्नको लागि खिया नलाग्ने भाडो,परजीवि नियन्त्रणका लागि औषधिसहित आवश्यक तालिम सञ्चालन गरिने प्रमुख पुनले बताए । न्यूजएग्रोबाट

प्रकाशित मितिः २०७४ साउन ११

वि.सं.२०७४ साउन ११ बुधवार १५:५२ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...