back
NMB ad

साउनको दोस्रो हप्ता सकिइसक्दा जम्मा २०% रोपाई सम्पन्न

Kumari bank ad

बाँके । साउनको दोस्रो हप्तासम्म बाँकेमा करिब २० प्रतिशत मात्रै धान रोपाइँ भएको छ । जिल्ला कृषि विकास कार्यालय बाँकेका अनुसार सिँचाई सुविधा भएका केही स्थानमा मात्रै धान रोपाइँ भएको छ ।

आकाशे पानीको भरमा रोपाइँ हुने जिल्लाका धेरै ठाउँमा अहिलेसम्म रोपाइँ भएको छैन । कतिपय ठाउँमा जेठमा राखिएको धानको बिउ समेत सुक्न थालेको किसानले बताएका छन् । बाँकेमा ३६ हजार ५०० हेक्टर खेतियोग्य जमिनमा धान खेती हुने गरेको छ ।

जिल्ला कृषि विकास कार्यालय बाँकेका कृषि प्रसार अधिकृत धनबहादुर पुनका अनुसार, फत्तेपुर, बिनौना, महादेवपुरी, गंगापुर, राधापुर, चिसापानी, नौवस्तामा सिँचाई सुविधा भएका कारण धान खेती भएको छ । बाँकेमा गएको वर्ष साउन दोस्रो हप्तासम्म ५० प्रतिशत भन्दा बढी रोपाइँ सम्पन्न भइसकेको थियो ।

प्रकाशित मितिः २०७४ साउन १२

वि.सं.२०७४ साउन १२ बिहीवार १७:२० मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...