back
NMB ad

इपिएल क्रिकेटको दोस्रो संस्करण,विजेताले २१ लाख पाउने

Kumari bank ad

काठमाडौ। एभरेष्ट प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करण आगामी डिसेम्बरमा हुने भएको छ । साथै प्रतियोगिता नेपालकै सर्बाधिक पुरस्कार राशीको समेत हुनेछ ।

काठमाडौमा पत्रकार सम्मेलन गरी जोहरा स्पोर्टस म्यानेजमेन्टले प्रतियोगिताको लोगो सार्वजनिकका साथै उपाधि बिजेतालाई २१ लाख पुरस्कार दिने घोषणा गरेको छ । मुलुकका ६ शहरको प्रतिनिधित्व गर्ने गरी टिम बनाइएको छ भने खेलाडीहरु अक्सनको आधारमा अनुबन्धित हुनेछन् । काठमाडौ, ललितपुर, बिराटनगर, बीरगञ्ज, भैरहवा र पोखराका टोलीहरु समावेश गरिएको छ ।

प्रतियोगितामा प्रत्येक टोलीले १५ जना खेलाडी अनुबन्ध गर्न सक्नेछन्, प्रत्येक टोलीमा कम्तिमा एक जना स्थानीय खेलाडी हुनैपर्नेछ । स्थानीय खेलाडीका लागि सम्बन्धित टोलीले ट्यालेन्ट हण्ट गरी छनोट गर्नुपर्नेछ ।

त्यस्तै हरेक टिममा बढीमा तीन जनासम्म बिदेशी खेलाडी रााख्न पाउने व्यवस्था गरिएको छ ।
राउण्ड रोविन लिगमा खेलाइने प्रतियोगिताका खेलहरु कीर्तिपुर मैदानमा हुनेछन् । पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले सफलतापूर्वक पहिलो संस्करण सकाएको इपिएलले परिस्कृत स्वरुपमा नयाँ खेलाडीका लागि अवसर सृजना गरेको खुसी लागेको प्रतिक्रिया दिए ।

२१ लाख पुरस्कार राशी नेपालमा आयोजना हुने प्रतियोगितामध्ये सबैभन्दा धेरै हो । यसअघि राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको प्रधानमन्त्री कप क्रिकेटमा २० लाख र धनगढी प्रिमियर लिगमा १५ लाख पुरस्कारको व्यवस्था गरिएको थियो ।

प्रकाशित मितिः २०७४ साउन १६

वि.सं.२०७४ साउन १६ सोमवार ११:३९ मा प्रकाशित

You can share this post!

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...