back
NMB ad

नेप्सेको नयाँ प्रमुख कार्यकारीका लागि आवेदन माग

Kumari bank ad

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा रिक्त प्रमुख कार्यकारीको पदपूर्ति खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट गरिने भएको छ । जसका लागि अर्थन्त्रालयले ११ दिन भित्र व्यावसायिक कार्ययोजनासहित दरखास्त मागेको छ ।

तत्कालिन प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियाको कार्यकाल गत असार २५ मा सकिएपछि नेप्सेको प्रमुख कार्यकारीको पद रिक्त रहेको थियो । नेप्सेको प्रमुख कार्यकारी पदको लागि बाणिज्य, अर्थशास्त्र, वित्तिय वा कानुन बिषयमा स्नातकोत्तर उतिर्ण गरेर धितोपत्र बजार, पुँजी बजार, बैंकिङ वा वित्तिय क्षेत्रमा ५ बर्षको अनुभव भएका तीस बर्ष पुरा भई साठी बर्ष ननाघेका व्यक्तिहरुले आवेदन दिन सक्नेछन ।

इच्छुक योग्यता पुगेका उम्मेदवारले पाँच हजार शब्दमा आफ्ना व्यवसायीक योजना समेटेर अर्थ मन्त्रालयको वित्तिय क्षेत्र व्यवस्थापन महाशाखामा पेश गर्नुपर्नेछ । साथै अर्थमन्त्रालयले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी पदको लागि पनि आवेदन खुला गरेको छ ।

प्रकाशित मितिः २०७४ साउन  २१

वि.सं.२०७४ साउन २१ शनिवार १४:४२ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...