back
NMB ad

टाटाको टिगोर नेपालमा, मूल्य २३ लाख ४५ हजार

Kumari bank ad

काठमाडौ। टाटा मोटर्सको लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले नयाँ स्टाइलव्याक टिगोर कार नेपाली बजारमा भित्र्याएको छ । चुस्त अत्याधुनिक डिजाइनले टिगोरले प्यासेन्सजर कार सेग्मेन्टमा नयाँपोर्टफोलियो तयार गर्ने कम्पनीको विश्वास रहेको छ ।

टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले बुधबार काठमाडौंको एक कार्यक्रम गरी ‘टिगोर’ सार्वजनिक गरेको हो । कम्पनीले यसलाई ‘स्मार्ट, स्टाइलिस एण्ड सेन्सेस्नल’ गाडीका रुपमा चिनाएको छ । युनिक कभ्र्ड ब्याक, ग्लामरस लुक र अल्ट्रा कोजी इन्टेरियरसहितको यो गाडी ‘स्टाइल–ब्याक’ अवधारणामा बलियो रुपमा प्रस्तुत भएको बताईएको छ ।

युरोपियन बजारसम्म पुग्ने लक्ष्यका साथ टाटाले गत मार्चको अन्तिममा टिगोर गाडी भारतीय बजारमा ल्याएको थियो । त्यहाँ अब्बल सावित हुँदै गरेको टिगोर नजिकिएको चाडपर्व र नाडा अटो शोलाई लक्षित गरेर नेपालमा पनि उपलब्ध गराइको छ ।

१.२ लि सेग्मेन्टको यो कार पेट्रोल भेरियन्टमा उपलब्ध रहेको छ भने, २३ लाख ४५ हजार रुपैयाँ सुरुवाती मूल्य तोकिएको छ । टाटा मोटर्स्कका इन्टरनेशनल बिजनेश हेड, जोनी ओम्मेनले यसको डिजाइन भावी पुस्ताको मागहरुलाई ध्यानमा राखेर गरिएकाले यसले सेडान र ह्रयाचव्याक दुबै कारको अनुभूति दिने दाबी गरे । उनले टिगोरले टाटाको पोर्टफोलियो समेत विस्तार भएको दाबीगर्दै नयाँ ग्राहकहरुलाई उक्त उत्पादनको अनुभवगर्न आमन्त्रण समेत गरेका थिए ।

कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका सिइओ राजनबाबु श्रेष्ठले टिगोरको पहिलो अन्तर्राष्ट्रिय बजार प्रतिनिधि हुनपाएकोमा आफ्नो कम्पनीलाई गर्व लागेको बताए । ह्याच र सेडानबाट बाहिर निस्केर टिगोरले आफैंमा एउटा नयाँ सेग्मेन्ट तयार गरेको उनको भनाई थियो ।

एक्सइ, एक्सटी,एक्सजेड र एक्सजेड(०) भेरियन्टमा उपलब्ध टाटा टिगोर ६ वटा रङ्गहरु कपर ड्याजल, एक्प्रेसो ब्राउन, पर्लसेन्ट ह्वाइट, प्लाटिनम सिल्भर, स्ट्राइकर ब्लू, बेरी रेडमा उपलब्ध छ । उक्तकारमा टाटा मोटर्स ४ वर्ष वा ७५,००० किलोमिटर वारेण्टी प्रदान गर्ने घोषणा गरेको छ ।

प्रकाशित मितिः २०७४ साउन २६

वि.सं.२०७४ साउन २६ बिहीवार १०:२३ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...