back
NMB ad

होटल मल्लविरुद्ध आन्दोलन थाल्ने पर्यटन श्रमिकहरुको चेतावनी,११ प्रतिष्ठानको बिरोध किन ?

Kumari bank ad

काठमाडौ । तारे होटल तथा रेष्टुरेन्टहरुमा क्रियाशिल पर्यटन श्रमिक तथा श्रमिक नेताहरुले श्रम ऐन तथा श्रम कानुन चाँडो भन्दा चाँडो लागू गराउन सरकारको ध्यानाकर्षण गराएको छ । गोकर्ण फरेष्ट रिसोर्ट नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर यूनियन (नेस्वहोमयु)ले विभिन्न ११ वटा प्रतिष्ठानका प्रतिनिधिलाई भेला गराई उक्त निर्णय गरिएको गोकर्ण फरेष्ट रिसोर्ट नेस्वहोमयुका अध्यक्ष केशबराज सापकोटाले जानकारि दिए ।

पर्यटन क्षेत्रमा बढ्दै गएको करार,कन्ट्याक्ट तथा ज्यालादारी प्रथाले पर्यटन क्षेत्रलाई नै कमजोर बनाएको भन्दै श्रम कानुन चाँडो भन्दा चाँडो लागू गराउन सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको उनले जानकारी दिए ।

त्यस्तै होटल मल्लका नेस्वहोमयुका अध्यक्ष भवेश्वर पोखरेललाई ब्यबस्थापनले स्थानिय चुनावमा उम्मेद्वार बनेको भन्दै होटलमा हाजिर गर्न नदिएकोमा खेद प्रकट गर्दै तुरुन्त पुनर्वहाली गर्न होटल मल्ल ब्यबस्थापनको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । शान्तिपूर्ण माग गर्दा पनि ब्यबस्थापन पक्षले  पुनर्वहाली नगरे उसको विरुद्ध संघर्ष कार्यक्रम घोषणा गरि आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

भेलाले आगामि भदौ २ गते होटल र्याडिसन मा हुन गईरहेको आधिकारिक ट्रेड युनियन को चुनावमा नेस्वहोमयुलाई जिताउन पहलकदमी अगाडि बढाउने निर्णय गरेको छ । १० प्रतिशत सेवा शुल्क लाई शत प्रतिशत बनाउन शुरु गरिएको संयुक्त आन्दोलनको समीक्षा गर्दै भेलाले मजदुरका पक्षमा तुरुन्त निर्णय गर्न होटल संघ नेपाल र संयुक्त ट्रेड यूनियनलाई आग्रह गरेको छ ।

प्रकाशित मितिः २०७४ साउन ३०

वि.सं.२०७४ साउन ३० सोमवार १२:५८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...