back
NMB ad

विद्युत् प्राधिकरण र पिपल्स पावरबीच पिपिए,करोडौंको आईपीओ निष्काशनबारे पढ्नुहोस् !

Kumari bank ad

काठमाडौ। नेपाल विद्युत् प्राधिकरण र पिपल्स पावर लिमिटेडबीच विद्युत् खरिद सम्झौता(पिपिए )भएको छ । प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक जगदीश्वरमान सिंह र प्रवद्र्धकका तर्फबाट कम्पनीका प्रबन्ध संचालक भरतबहाुर खत्रीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । peoples power1पिपुल्स पावर लिमिटेडको प्रबद्र्धनमा निर्माणाधिन ४.९६ मेगावाट क्षमताको पुवा–२ जलबिद्युत आयोजनाको बिद्युत् खरिद सम्झौता(पिपिए ) भएको हो । उक्त आयोजना इलामको माईपोखरी र साखेजुङ क्षेत्रमा पर्दछ ।

सम्झौतानुसार हिउँदमा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा प्रतियुनिटका दरले प्राधिकरणले विद्युत् खरिद गर्नेछ । आयोजना आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गरिने बताईएको छ ।

प्रतिमेगावाट १८ करोड रुपैयाँ लागत रहेको उक्त आयोजनाको कुल लागत ९० करोड रुपैयाँ रहने छ । तीस करोड रुपैयाँ शेयर लगानी र बाँकी ६० करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाबाट सहवित्तीयकरणबाट ऋण लिइने बताइएको छ ।

कम्पनीका प्रबन्ध सञ्चालक भरतबहादुर खत्रीका अनुसार आगामी एक वर्षभित्र ५० प्रतिशत निर्माण गरी स्थानीय बासिन्दा र नागरिकका लागि शेयर लगानीको ३० प्रतिशत प्राथमिक शेयर निष्काशन गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मितिः २०७४ भदौ ६

वि.सं.२०७४ भदौ ६ मंगलवार ११:१० मा प्रकाशित

You can share this post!

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:१७

काठमाडौँ, १९ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन...

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:०४

तनहुँ, १९ वैशाख : व्यास नगरपालिका–२ का ३४ वर्षीय राजु...

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:५७

काठमाडौँ, १९ वैशाख: घरेलु टोली नेपालले तेस्रो टी—२० खेलमा वेस्ट...

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:३०

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट...

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...