back
NMB ad

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि हात्तीको बच्चा (छावा) मस्कट रहने

Kumari bank ad

अर्को वर्ष पुसमा नेपालगञ्जमा आयोजना हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि हात्तीको बच्चा (छावा) मस्कट रहने निर्णय गरेको छ । युवा तथा खेलकूदमन्त्री राजेन्द्रकुमार केसीको प्रमुख आतिथ्यमा सोमबार बसेको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सचिवालयअन्तर्गत सर्वपक्षीय बैठकमा प्रतियोगिता सञ्चालनका लागि रु ३५ करोड र भौतिक पूर्वाधार पुनः निर्माणका लागि रु ७० करोड खर्च हुने राखेप सदस्य–सचिव केशवकुमार विष्टले बताए ।

राष्ट्रिय खेलकूद परिषद्का कोषाध्यक्ष सुरेन्द्र हमालको अध्यक्षतामा बसेको बैठकमा परिषद्का सदस्य–सचिव विष्ट, नेपाल ओलम्पिक कमिटीका कोषाध्यक्ष रतनकुमार टण्डन, बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, जनप्रतिनिधि, राजनीतिक दलका पदाधिकारी, सुरक्षा निकायका पदाधिकारी र खेल पदाधिकारीको उपस्थिति रहेको थियो । बैठकमा राखेप सदस्य–सचिव विष्टले प्रतियोगिता तयारीका लागि हालसम्म भएका कार्य सम्पदनका विषयमा जानकारी गराउँदै प्रतियोगिता नेपालगञ्ज, बर्दिया, सुर्खेत र दाङ जिल्लामा सञ्चालन गर्ने गरी आवश्यक तयारी थालिएको बताए ।

बैठकलाई सम्बोधन गर्दै मन्त्री केसीले मन्त्रालयले प्रतियोगिताका लागि आवश्यक बजेट समयमा उपलब्ध गराउने विश्वास दिलाउँदै भौतिक पूर्वाधार निर्माणका काम समयमा सक्नु ठूलो चुनौतीका रुपमा हुने भएकाले त्यसतर्पm सबै गम्भीर हुनुपर्नेमा जोड दिए । प्रतियोगिता सञ्चालन हुने स्थानका समुदाय, स्थानीय निकाय, प्रशासनिक निकाय, सामाजिक तथा पेशागत सङ्घ, संगठनले अपनत्व ग्रहण गर्न सक्नुपर्ने उल्लेख गर्दै खेल पदाधिकारीले आ–आप्mनो जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्नेमा आफू ढुक्क भएको विश्वास व्यक्त गरे ।

यसैबीच, मन्त्री केसीले बाँके जिल्लाको कोहलपुर क्रिकेट खेल मैदान, नेपालगञ्ज रंगशालामा निर्माण भइरहेको सुटिङ रेञ्ज, पौडी पोखरी र भारोत्तोलन एकेडमीको पनि अवलोकन गरे । त्यस अवसरमा मन्त्री केसीलाई क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भीम ओली र उपाध्यक्ष नरेन्द्र थापाले ती निर्माणाधीन संरचनाको कार्य प्रगतिका बारेमा जानकारी गराएका थिए ।रासस

प्रकाशित मितिः २०७४ भदौ १३

वि.सं.२०७४ भदौ १३ मंगलवार १५:०२ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...