back
NMB ad

साताको नेप्से परिसूचक ४२.२९ अंकले घट्यो

Kumari bank ad

काठमाडौँ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४२.२९ अंकले घटेर अन्तिम दिन १५८०.०३ अंकमा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १८० कम्पनीहरुको कारोबार भएको छ ।

जस अनुसार ३९०९१ कारोबारबाट तीन अर्ब ५६ करोड एक लाख २३ हजार रुपैयाँ बराबरका ७५ लाख ८४ हजार पाँच सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ७.४ प्रतिशत बढी हो । गत साता १७५ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ४०१८३ कारोबारबाट तीन अर्ब ३१ करोड ४९ लाख ६५ हजार रुपैयाँ बराबरका एक अर्ब ४८ लाख ३० हजार आठ सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ९.४२ अंकले घटेर ३३१.३२ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकम (१८ करोड ४२ लाख ७० हजार रुपैयाँ) को आधारमा छिमेक लघुवित्त विकास बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (३ लाख २६ हजार कित्ता) को आधारमा एनआसी एसिया बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (७८७८ वटा) को आधारमा हिमालयन पावर पार्टनर लिमिटेड अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

प्रकाशित मितिः२०७४ भाद्र १७

वि.सं.२०७४ भदौ १७ शनिवार १०:२७ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...