back
NMB ad

कोशी उच्च बाँधको डीपीआरप्रति किराती मोर्चाको विरोध

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच कोशी उच्च बाँध निर्माणको लागि वृस्तित परियोजना प्रस्ताव(डीपीआर) निर्माण गर्न भएको सहमतिप्रति माओवादी केन्द्र सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिले विरोध जनाएको छ ।

प्रधानमन्त्री देउवा भाद्र १ देखि ५ गतेसम्म भएको राजकीय भ्रमणको बेला दुई देशवीच उच्च बाँध निर्माणको लागि डीपीआर सुरु गर्ने सहमति पत्रमा हस्ताक्षर भएको थियो । सो बारेमा किराती मोर्चाले सोमबार (आज) विज्ञप्ति प्रकाशन गर्दै उच्च बाँध निर्माण सम्झौताको विरोध जनाएको हो ।

मोर्चाका केन्द्रीय अध्यक्ष राजन किराती र महासचिव अर्जुन किरातीद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत उच्च बाँध खारेजीको प्रकृया अघि बढाउन नेपाल सरकारसँग माग समेत गरेको छ । विज्ञप्तिमा भनिएको छ ‘‘डीपीआरको काम थाल्ने सहमति भएको प्रति मोर्चाको गम्भीर रुपमा ध्यान आकर्षण भएको छ ।’ ‘प्रस्तावित किरात (१ नम्बर) प्रदेशको लागि मात्र होइन नेपालकै लागि खतरनाक कोशी उच्च बाँध सम्झौता तत्काल खारेजीको लागि पहल थाल्न नेपाल सरकारसँग मोर्चाले आग्रह गर्दछ ।’’ मोर्चाले सजक गराउदा गराउदै जवरजस्ति काम थालिए प्रतिरोध संघर्ष थालिने चेतावनी समेत दिएको छ ।

उच्च बाँधको उच्चाइ २६९ मिटर अग्गो हुने, अरुण, तमोर र सुनकोशीको तल्लो तटीय क्षेत्र पुरै डुबानमा पर्ने, ओखलढुङ्गा, खोटाङ, उदयपुर तेह्रथुम, पाँचथर लगायत ११ जिल्लाको साविक ८३ गाविस अन्तरर्गतका १९६ वर्ग किलोमिटर डुबान हुने प्रारम्भिक सम्भयव्यत्ता अध्ययनले देखाएको उल्लेख गरिएको छ । उक्त क्षेत्रका १५ सय घरपरिवारका ७५ हजार मानिस विस्थापित हुने तथ्याङ्कहरु सार्वजनिक भएको छ । उच्च बाँध फुटेमा नेपाल र नेपालीले कल्पना गरिएभन्दा बिनासकारी बन्नेछ मोर्चाको विज्ञप्तिमा उल्लेख छ ।

‘विद्युत उत्पादन र सिंचाईको प्रलोभन देखाउदै उच्च बाँधको नाममा नेपाली जनताको मुटुमा किला गाड्ने काम तुरुन्त अन्त हुनुपर्छ ।’ विज्ञप्तिमा भनिएको छ ‘नेपालका नदीहरुबाट नेपाली जनतालाई ठूलो असर नपर्ने साना—साना जलविद्युत आयोजना नेपालीले आफै उत्पादन गर्न सक्छन ।’ बाँध कस्नै परे नेपालको अनुकुलमामा आफ्नै लगानीमा योजना निर्माण र अध्ययन थाल्न समेत नेपाल सरकारसँग अनुरोध गरिएको छ ।

किरातीलाई मुख्य मन्त्री बनाउन सहयोग समिति गठन
मोर्चाको भदौ १६ र १७ गते काठमाडौ केटेश्वर स्थित पेरिषडाँडामा बसेको पदाधिकारी र सल्लाहकारहरुको बैठकले १ नम्बर प्रदेशको मुख्यमन्त्री गोपाल किरातीलाई बनाउने पार्टीको निर्णयलाई स्वागत गर्दै सहयोग समिति गठन गरेको छ । पार्टीको १ नम्बर प्रदेश सचिवालय समितिले पार्टी केन्द्रीय कार्यालय सदस्यत तथा १ नम्बर प्रदेश इन्चार्ज किरातीलाई मुख्य मन्त्री बनाउने निर्णय गरेको थियो । मोर्चाले पार्टीको निर्णयको स्वागत गर्दै उपाध्यक्ष मानबहादुर राईको संयोजकत्वमा सहयोग समिति गठन गरेको छ । सहयोग समिति ३ नम्बर प्रदेशमा जयप्रकाश राई र १ नम्बरमा राकेश किरातीको संयोजकत्वमा समिति गठन भएको महासचिव अर्जुन किरातीले बताए । समितिले प्रचारप्रशार, आर्थिक तथा किराती जिताउँ अभियानहरु सञ्चालन गर्ने संयोजक मानबहादुर राईले बताए ।
किरात पार्टीसँग एकता
मोर्चाको बैठक मार्फत किराती राष्ट्रिय मुक्ति मोर्चा र मानबहादुर राईको नेतृत्वमा रहेको किरात पार्टीवीचे एकता गरेको छ । एकतापछि मानबहादुर राईलाई उपाध्यक्ष, वाङचुङ किरातीलाई सचिवमा मनोनयन गरिएको मोर्चाको अध्यक्ष राजन किरातीले बताए । किरात पार्टीबाट आएका बिमला राई, रेखा राई, हरिसचन्द्र राई, आबुङ्ग चाम्लिङ र गीता तिलुङलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको अध्यक्ष किरातीले बताए ।(फाइल फोटा)

प्रकाशित मितिः २०७४ भाद्र १९

वि.सं.२०७४ भदौ १९ सोमवार १४:४४ मा प्रकाशित

You can share this post!

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...