back
NMB ad

एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगितामा भुटानमाथि नेपालको सहज जित

Kumari bank ad

काठमाडौं । एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेलमा सहज जित हासिल गरेको छ ।

बुधबार विहान मलेशियामा भएको खेलमा नेपालले कप्तान दीपेन्द्रिसंह ऐरीको ५ विकेटको सहयोगमा भुटानलार्इ ५० रनमै समेट्दै जित निकालेको हो ।
नेपालले पाएको लक्ष्य एक विकेटको नोक्सानीमा हासिल गर्दै खेल ९ विकेटले जितेको हो । नेपाली बलरहरू सामु निरिह देखिएको भुटानी टोली २५ ओभरमै अल आउट भएको थियो ।

भुटानका तर्फबाट उगेन दोर्जी (१३)र तासी फुन्सो (१६) ले मात्र दोहोरो अंक जोड्न सके ।

नेपालका संदिप लामिछानेले ७ ओभर बलिङ गर्दै ७ रन खर्चेर ४ विकेट लिए भने कप्तान दीपेन्द्रले ८ ओभर बलिङ गर्दै २३ रन दिएर ५ विकेट लिए । यस्तै नन्दन यादवले एक विकेट लिए ।

नेपालले भोलि मलेशियाको क्लव अमानमा सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मितिः २०७४ भदौ २८

वि.सं.२०७४ भदौ २८ बुधवार ११:०० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...