काठमाडौं । सानिमा बैंकको अगुवाइमा पिपल्स इनर्जी लिमिटेडले रामेछापको रस्नालु र दोलखाको हावा र ठूलोपातलगा.वि.समा पर्ने ४८ .८ मेगावाटको खिम्ती दोस्रो जलविद्युत परियोजनानिर्माण गर्ने भएको छ ।
परियोजनामा लगानी गर्न प्रवद्र्घक कम्पनी र बैंकहरुबीच सानिमा बैंकको अगुवाईमा कर्जा लगानी सम्झौता भएको छ । परियोजनामा सानिमा, सिद्धार्थ, नबिल, जनता, एनआईसी एसिया, एनएमबी, बैंक अफ काठमाण्डौ, सिभिल, ग्लोबल र एनसिसि बैंकले पचहत्तर प्रतिशत र पिपल्स इनर्जी लिमिटेडले पच्चीस प्रतिशत लगानी गर्नेछन् ।
उक्त परियोजना सम्पन्न हुन चार वर्ष लाग्ने र परियोजनाले वार्षिक छब्बीस करोड युनिट बिजुली उत्पादन गर्नेछ ।
२०७४ आश्विन, ०८
वि.सं.२०७४ असोज ८ आइतवार १७:०५ मा प्रकाशित