back
NMB ad

२ वित्तीय संस्थाको १०० रुपैंया अंकित लाखौं कित्ता सेयर निष्काशनका साथै कहाँबाट आवेदन दिने ? जान्नुहोस्

Kumari bank ad

काठमाडौ । ओम डेभलपमेन्ट बैंकले सोमबारदेखी हकप्रद सेयरको बिक्री खुला गरेको छ । बैंकले हाल कायम पुँजीको दश बराबर तीन कित्ताका दरले ४९ लाख ३१ हजार ८३५ कित्ता हकप्रद जारी गरेको हो । मनास्लु विकास बैंकलाई गाभेको बैंकले राष्ट्र बैंकले तोकेको पूँजी पूर्याउन हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले ४९ करोड ३१ लाख ८३ हजार ५ सय रुपैयाँ बराबरको ४९ लाख ३१ हजार ८ सय ३५ कित्ता हकप्रद बिक्रि खुला गरेको हो । बैंकको हकप्रदमा कात्तिक २६ गतेसम्म आवेदन दिन सकिनेछ ।
बैंकको हकप्रद सेयरमा गत भदौ २९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन गर्न पाउनेछन् । हकप्रद प्रयोजनका लागि बैंकले भदौ ३० गते शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो ।

यसको एनआईबिएल क्यापिटल मार्केट्स बिक्रि प्रबन्धक रहेको छ । शेयरधनीले एनआईबिएल क्यापिटल मार्केट्सको कार्यालय लाजिम्पाट, ओम डेभलपमेन्ट बैंकको सम्पूर्ण शाखाहरु र नेपाल इन्भेस्टमेन्ट बैंकको बिराटनगर, बिरगंज, नेपालगंज, इटहरी तथा धनगढी शाखाबाट आवेदन दिन सक्ने छन् ।

गोरखाको मनास्लु र कास्कीको ओम मर्जर भएर बनेको बैंकको चुक्ता पुंँजी १ अर्ब ६४ करोड पुगेको छ। हकप्रद बिक्रिपश्चात ओम विकासको चुक्ता पुंजी २ अर्ब १३ करोड पुग्ने छ।

यस्तै गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले कात्तिक १२ गतेदेखि ४० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले १०ः४ अनुपातमा (प्रत्येक १० सेयर बराबर थप ४ कित्ता) १०० रुपैयाँ अंकित मूल्यको १९ लाख ७३ हजार ९२८.७७ कित्ता सेयर बिक्री गर्न लागेको हो । मंसिर १८ गतेसम्म यो हकप्रद भर्न पाइनेछ । यसमा असोज २६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यसमा आवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौ र गुहेश्वरीको हरिहर भवन, पुल्चोक ललितपुर तथा कम्पनीका अधिकांश शाखा कार्यालयबाट यसमा आवेदन दिन सकिनेछ ।

त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको पोखरा, विराटनगर, नारायणगढ, नेपालगञ्ज र धनगढी शाखाबाट पनि आवेदन दिन सकिनेछ । हाल गुहेश्वरीको चुक्ता पुँजी ४९ करोड ३४ लाख ८२ हजार १९२ रुपैयाँ छ । हकप्रद निष्काशनपछि भने कम्पनीको चुक्ता पुँजी ६९ करोड ८ लाख ७५ हजार ६९ रुपैयाँ पुग्नेछ ।

प्रकाशित मितिः २०७४ असो २३

वि.सं.२०७४ असोज २३ सोमवार १०:४४ मा प्रकाशित

You can share this post!

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...