back
NMB ad

धानबालीको उत्पादन घट्ने

Kumari bank ad

विराटनगर । बदलिँदो मौसमका कारण मोरङमा उन्नत जातको धानबालीको उत्पादन घट्ने देखिएको छ । असोजमा अत्यधिक तापक्रमका साथै वर्षाले गर्दा मन्सुली सब–१ जातका धानबालीको पूmल बिग्रेका कारण दाना नभरिएको र चपेटा भएर निस्केकाले उत्पादन घट्ने भएको हो ।

अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्थाले मोरङमा विभिन्न पाँच प्रकारका उन्नत जातका स्वर्ण सब–१, मन्सुली सब–१, बीआरआर ४४, बीआरआर–४२ र तेहराङ जातका बीउ वितरण गरेको थियो । मन्सुली सब–१ जातिको धानबालीमा समस्या देखिएको सो संस्थानका कृषि अनुसन्धान तथा विकास अधिकृत कमल भट्टराईले जानकारी दिए । मोरङका टङ्कीसिनुवारी, बाहुनी, कानेपोखरीलगायत ठाउँमा रोपाइँ गरिएको सो जातको अधिकांश धानबालीमा दाना नभरिएको र चपेटा भएर निस्केको उनले बताए । सो जातका धानबालीमा देखिएका समस्याका कारण उत्पादनमा हुने ह्रासबारे जानकारी संकलन गर्ने कार्य भइरहेको छ ।

यसअघि सुक्खा मौसम र डुबान क्षेत्रमा बढी उत्पादन दिनसक्ने स्वर्ण सब–१, मन्सुली सब–१, बीआरआर–४४ र तेहराङ जातका १० टन बीउ वितरण गरिएको थियो । किसानलाई पाँच–पाँच किलोका दरले र सहकारी कृषक समूहलाई समेत बीउ उपलब्ध गराइएको थियो ।रासस

प्रकाशित मितिः २०७४ असोज ३०

वि.सं.२०७४ असोज ३० सोमवार १३:५६ मा प्रकाशित

You can share this post!

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...