back
NMB ad

भूकम्पपीडितको बजेट रोक्दै अर्थ मन्त्रालय

Kumari bank ad

काठमाण्डौं । अर्थ मन्त्रालयले बजेट नदिएपछि भूकम्पपछिको पुनर्निर्माणका काम रोकिएको छ। अर्थ मन्त्रालयले बजेट नदिएकै कारण १२ फागुनबाट दोलखाको सिंगटीमा स्रोत केन्द्र स्थापना गरी सरकारले घोषणा गरेको अनुदान रकम वितरण सुरु गर्ने कार्य रोकिएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले दोलखा नै पुगेर घोषणा गरेका थिए। ‘१२ फागुनदेखि सिंगटीमा स्रोत केन्द्र स्थापना गर्ने र पहिलो चरणको अनुदानवापतको ५० हजार रुपैयाँ वितरण गर्ने कार्यक्रम थियो तर रोकिएको छ, प्राधिकरणका प्रवक्ता सुरेश अधिकारीले भने,‘बजेट पनि आइसकेको छैन, सीइओ पनि भारत भ्रमणका क्रममा जानुपरेकाले नभएको हो।’

प्राधिकरणका सीइओ ज्ञवालीले बिहीवारको संसदलको सामाजिक तथा मानव अधिकार समितिमा २० फागुनभित्रै दोलखाबाट स्रोत केन्द्र स्थापना गर्ने र अनुदान विवरण सुरु गरिने बताएका थिए।

प्राधिकरणले चालु आर्थिक वर्षको बजेटमा उल्लिखित ७४ अर्ब रुपैयाँ बराबरको बजेट अर्थ मन्त्रालयसंग मागेको छ। तर अझैसम्म पाएको छैन।

राजधानी दैनिक, १४ फागुन २०७२, १०।००

वि.सं.२०७२ फागुन १४ शुक्रवार १०:२७ मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...