back
NMB ad

प्राविधिक शिक्षामा लगानी बढाइने

Kumari bank ad

काठमाडौ । शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले प्राविधिक शिक्षा क्षेत्रमा सरकारले लगानी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘प्राविधिक शिक्षा आजको आवश्यकता’ विषयको छलफल कार्यक्रममा राज्यमन्त्री अधिकारीले विश्व परिवेश सुहाउँदो प्राविधिक र व्यावसायिक शिक्षाको विकास गरी मुलुकका बेरोजगारी अन्त्य गर्न लगानी बढाउन आवश्यक रहेकामा जोड दिए । प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद्का सदस्य सचिव पुष्परमण वाग्लेले यस क्षेत्रमा विद्यार्थी र बजारको माग बढेकाले सरकारले लगानी बढाउनुपर्ने आवश्यकता औँल्याए ।

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिहं महरले सरकारले अध्यादेशबाट ल्याउन लागेको चिकित्सा शिक्षा विधेयकमा नयाँ मेडिकल खोल्न रोक लगाउन नहुने धारणा राखे । अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले सरकारले प्रतिबद्धता गरेअनुसार शिक्षा क्षेत्रमा लगानी गर्न नसकेको गुनासो गरे ।

अनेरास्ववियुका सचिव समिक बडाल, नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी) का महासचिव दीपेन्द्र चलाउने, शिक्षा पत्रकार समूहका पूर्वाध्यक्ष प्रकाश सिलवाल, नेपाल पत्रकार महासंघ काठमाडौँका अध्यक्ष शन्तराम बिंडारी, केन्द्रका अध्यक्ष गोविन्द चौलागाईँ लगायतले माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहको भएकाले ती तहलाई प्रभावकारी बनाई प्राविधिक शिक्षाको विस्तार गर्न जोड दिए ।रासस

वि.सं.२०७४ कात्तिक ७ मंगलवार १२:४० मा प्रकाशित

You can share this post!

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...