back
NMB ad

रासायनिक र प्राङ्गारिक मल कारखानाको आवश्यकतामा जोड

Kumari bank ad

काठमाडौ । ‘हजुरबाले भन्थे मलाई दही–दूध खानू नाति, अहिले मलाई खोया बिर्को जाती’– यो गीत आज कलाकार भोजराज काफ्लेले राष्ट्रिय नाचघरमा गाउँदा कृषि राज्यमन्त्री सरिता प्रसाईं र पशुपक्षी मन्त्रालयका सचिव युवकध्वज जिसी फुर्तीसाथ नाचे । कलाकार काफ्लेको रचनाले विदेशमा पलायन भएका युवालाई दही–दूध तथा मोहीको सट्टा रक्सीमा नरमाउन र अर्काको देशमा पसिना बगाउनाको सट्टा स्वदेशमा कृषिकर्म गर्न अनुरोध गरेको थियो । राष्ट्रिय कृषक समूह महासंघले सांगीतिक जागरणमार्फत ग्रामीण महिलालाई रासायनिक कृषिका विरुद्धमा जगाउन आयोजना गरेको कार्यक्रममा मन्त्री र सचिव एउटै मञ्चमा नाचेका हुन् ।

दशौँ अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवसका सन्दर्भमा आयोजित ‘चुनौतीपूर्ण जलवायु अनुकूलनीय कृषिमा ग्रामीण महिला तथा किशोरीका योगदानमा लैंगिक समानता एवं सशक्तीकरण अवसरसहितको सम्मान’ विषयको सांगीतिक कार्यक्रममा तीन हजार २५० कृषक समूहका ग्रामीण महिलाको उपस्थिति थियो । कार्यक्रममा कृषि राज्यमन्त्री प्रसाईंले मुलुकमा युवा विदेश पलायन भएकाले कृषिको रुपान्तरणमा गम्भीर चुनौती थपिएको बताउँदै कृषि कर्म गर्छु भन्नेलाई सरकारले प्रचुर सहयोग गर्ने आश्वासन दिए । हाल विश्वका ८० भन्दा बढी मुलुकमा ४० लाख नेपाली युवा रहेको तथ्याङ्क छ ।

सो अवसरमा सचिव जिसीले राष्ट्रिय अर्थतन्त्र दरिलो बनाउन कृषि नै दिगो र प्रभावकारी माध्यम रहेको बताए । कृषक समूह महासंघका अध्यक्ष उद्धव अधिकारीले नेपालमा रासायनिक र प्राङ्गारिक कृषि मल कारखानाको आवश्यकतामा जोड दिए । रासस

वि.सं.२०७४ कात्तिक ७ मंगलवार १२:५२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...