back
NMB ad

नेपाल लाइफको उपशाखा चन्द्रगढीमा

Kumari bank ad

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले झापाको चन्द्रगढीमा उपशाखा कार्यालय स्थापना गरेको छ । बीमा समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान कार्कीद्वारा उद्घाटन गरिएको कार्यालयबाट जीवन बीमाको बजार विस्तार र आफ्ना सेवाग्रहीलाई गुणात्मक सेवा उपलव्ध गराउने उद्देश्य रहेको प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।

प्रमुख अतिथि कार्कीले जीवन बीमा क्षेत्रले केही समयदेखि अर्थतन्त्रमा उत्साहजनक योगदान पुर्याइरहेको र यो क्षेत्रले बैंकिङ क्षेत्रसंग स्वस्थ प्रतिस्पर्धा एवं परिपुरक भूमिका निर्वाह गर्दै आएको बताए । उनले उपशाखा कार्यालय स्थापनाबाट स्थानीय स्तरमा बीमितले सेवा प्राप्त गर्ने र बीमा बजारको विकासमा थप सघाउ पुग्ने बताए ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख कार्यकारी अधिकृत विवेक झाले बजार विस्तार रणनीति अन्तर्गत चालु आर्थिक वर्षमा शाखा कार्यालय विस्तारमा जोड दिँदै आएको र प्रतिस्पर्धात्मक वातावरण एवं अग्रणी कम्पनीको नाताले बीमितको सर्वोपरी हितका लागि आवश्यक मापदण्डहरुका बारेमा आम नागरिकलाई जागरुक गराउने उद्देश्य रहेको बताए ।

कम्पनीले चालु आर्थिक वर्ष २०७४÷०७५ को प्रथ त्रैमासिक अवधिमा कुल बीमाशुल्क आम्दानी करिव ३ अर्व ८० करोड रुपियाँ रहेको छ । कम्पनीको खुद नाफा गत वर्षको अवधिको तुलनामा तीन गुणाले बृद्धि भई करिव १७ करोड ७५ लाख रुपियाँ पुगेको जनाइएको छ । यसैगरी कम्पनीको जीवन बीमा कोषमा २६.४७ प्रतिशतले बृद्धि भई करिव ४३.३६ अर्व तथा कुल लगानी करिव ४०.५५ प्रतिशतले बृद्धि भई ५० अर्व रुपियाँ भन्दा बढी हासिल गरेको कम्पनीले जनाएको छ । यसैगरी बीमितलाई ६५ देखि ८२ रुपियाँसम्मको सर्वाधिक बोनसदर प्रदान गरी समग्र जीवन बीमा क्षेत्रमा अग्रणी स्थान हासिल गर्न सफल भएको कम्पनी सचिव ओमप्रकाश पुडासैनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ४ मंसिर २०७४

वि.सं.२०७४ मंसिर ४ सोमवार २२:५२ मा प्रकाशित

You can share this post!

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...