गण्डकी विकास बैंकले ४ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले प्रभु क्यापिटल मार्फत निष्काशन गरेको सय रुपैयाँ अंकित मूल्यमा ४६ लाख ९ हजार ८१५ कित्ता शेयरमा मंसिर १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले आवेदन दिन सक्नेछन् । बैंकको सेयरलार्इ इक्रा नेपालले ग्रेड ३ रेटिङ प्रदान गरेको छ । जसले बैंकको सेयर औसत रहेको जनाउँछ ।
बैंकले पुस ७ गते शुक्रबारदेखि चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । हकप्रद सेयरमा माघ ११ गतेसम्म आवेदन गर्न सकिनेछ ।
शेयरधनीहरुले आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै विक्री प्रबन्धकको कार्यालय कमलादीका साथमा गण्डकी विकास बैंकका सम्पूर्ण शाखा कार्यालय, प्रभु बैंकका विराटनगर, विरगन्ज, नेपालञ्ज, सुर्खेत र तुलसीपुर शाखाबाट समेत हकप्रद फारम प्राप्त गर्न र बुझाउन सकिने क्यापिटलले जनाएको छ ।
फेवासँग मर्जपछि बैंकको चुक्ता पूँजी एक अर्ब ८४ करोड ३९ लाख २६ हजार रुपैयाँ पुगेको छ । हकप्रद शेयर निष्काशन पश्चात बैंकको चुक्ता पूँजी दुई अर्ब ३० करोड रुपैयाँ पुग्नेछ । नेपाल राष्ट्र बैंकले तोके वमोजिम अपुग चुक्ता पूँजी ९२० करोड अर्थात ९५० आर्थिक बर्ष ०७३र७४ सम्मको सञ्चित नाफाबाट बोनश सेयर जारी गरी पुर्याइने बैंकले जनाएको छ ।
चालू आवको प्रथम त्रैमासमा बैंकले ५ करोड ३९ लाख रूपैयाँ खुद नाफा कमाएको छ । बैंकको सेयर विहीबार प्रतिकित्ता २५५ रूपैयाँमा कारोबार भएको छ ।
वि.सं.२०७४ पुस ७ शुक्रवार १६:०२ मा प्रकाशित