back
NMB ad

कसरी गर्ने संस्थापक शेयर खरिद बिक्री ? यो हो कारोबारको तरिका…..

Kumari bank ad

काठमाडौ । आर्थिक वर्ष ६३/६४ सम्म नेपाल स्टक एक्सचेन्जमा संस्थापक शेयरको खरिद बिक्री नगन्य मात्रामा हुने गरेको थियो। कारोबार नहुनुको कारण कडा नियम र पूँजीगत लाभकार बढी भएकोले पनि संस्थापक शेयर खरिद बिक्रीमा लगानीकर्ताले खासै चासो राख्ने गरेका थिएनन्। तर आर्थिक वर्ष ६३/६४ पछि संस्थापक शेयर खरिद बिक्रीमा नियम र पूँजीगत लाभकर केही खुकुलो भएपछि संस्थापक शेयर खरिद बिक्रीमा लगानीकर्ताको चासो बढेको छ ।

कसरी हुन्छ त कारोबार ?

संथापक सेयरको कारोबार कसरी गरिन्छ त भन्ने जिज्ञासालाई मेटाउने प्रयास गरेका छौ । नेपाल राष्ट्र बैंक नियामक निकाय रहेको कम्पनीका हकमा संस्थापक शेयर खरिद बिक्री गर्न सबैभन्दा पहिले कुनै एक कम्पनीको संस्थापक शेयरधनीले आफ्नो कम्पनीमा संस्थापक शेयर बिक्री गर्न चाहेको विवरण सहित निवेदन दिनुपर्छ।

निवेदन दिएपछि कम्पनीले त्यो निवेदन संञ्चालक समितिमा लैजान्छ। संञ्चालक समितिले उक्त निवेदनमा स्वीकृति दिएपछि कम्पनीले पहिले त्यो शेयर किन्न आफ्नै अन्य संस्थापकलाई प्राथमिकता दिन्छ। जसकालागि कम्पनीले ३५ दिने सूचना जारी गर्छ। कम्पनीले ३५ दिने सूचना जारी गरेपछि सोही कम्पनीका संस्थापकले खरिद गर्न चाहेको निवेदन परे उसलाई पहिलो प्राथमिकता दिन्छ।

तर कसैले पनि निवेदन नदिए कम्पनीले गैर संस्थापक व्यक्तिलाई संस्थापक शेयर खरिद गर्न अनुमति दिन्छ। संस्थापक शेयर दुई प्रतिशत भन्दाबढी भए कम्पनीले नेपाल राष्ट्र बैंकसंग पून अनुमति माग्छ। दुई प्रतिशत भन्दा कम भए कम्पनीले नै खरिद बिक्री गर्ने निर्णय गरिदिन्छ।

संस्थापक शेयर खरिद गर्न चाहनेले पनि सबैभन्दा पहिला कम्पनीमा निवेदन दिनुपर्छ। खरिदकर्ताले निवेदनमा आफु संस्थापक शेयर खरिद गर्न योग्य भएको प्रमाण साथै बुझाउनु पर्छ। जसमा आफुले लगानी गर्न लागेको रकमको आय स्रोत विवरण, गत आर्थिक वर्ष सम्मको आयकर दाखिला भएको चुक्ता प्रमाण पत्र र कर्जा सुचना केन्द्रको कालोसूचीमा नपरेको प्रमाण दिनुपर्छ।

संस्थापक शेयर बिक्रीकर्ता र खरिदकर्ताको दुवैको निवेदन र कागजपत्र ठिक भए कम्पनीले नेपाल धितो पत्र बोर्डलाई जानकारी पठाउँछ। साथै कारोबारकालागि कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई पत्र पठाउँछ। सबै प्रक्रिया पुगे पछि खरिदकर्ता र बिक्रीकर्ताको मध्यस्थतामा ब्रोकरले नेप्से मार्फत कागजी कारोबार गरेर खरिद बिक्री सम्पन्न गर्छन्।

वि.सं.२०७६ चैत २६ बुधवार ०९:२८ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...