back
NMB ad

इतिहास बनिसकेको हाटबजार नुवाकोटमा ब्युँताइयो

Kumari bank ad

नुवाकोट। परापुर्व कालमा सामान किनबेच गर्नको लागि उपयुक्त मानिन्थ्यो हाट बजार । पछिल्ले समय शहरीकरणको विकास र विस्तारसंगै हाटबजार लोप हुन थालिसकेको छ । तराइका केही स्थानमा अझै बाँकी रहे पनि पहाडी क्षेत्रमा भने इतिहासका पानामा सिमित रहेको हाट बजार नुवाकोटको जिल्ला सदरमुकाम विदुरमा भने सोमबारे हाटबजार शुरु भएको छ ।

स्थानीय उत्पादनको प्रबद्र्धन गर्नका लागि सदरमुकाम विदुरमा सोमबारे हाटबजारको शुरुआत गरिएको हो । हरेक हप्ताको सोमबार सञ्चालन हुने हाटबजारको आज प्रजिअ वीरेन्द्रकुमार यादवले उद्घाटन गर्दै स्थानीयस्तरमा उत्पादन भएका वस्तुको बजारीकरण तथा उपभोक्ता र उत्पादक किसानबीचको दूरी कम गर्ने सहज उपाय नै हाट बजार भएकाले हाटबजारमा धेरै उत्पादक र उपभोक्ताको सहभागिता रहने वातावरण बनाउनुपर्ने बताए ।

सोमबारे हाट बजार नुवाकोट

कार्यक्रममा विदुर नगरपालिकाका उपप्रमुख गीता दाहालले किसानले खेतमा उत्पादन गरेका अनाजले बिचौलियाका कारण उचित बजार नपाइरहेका समयमा हाट बजारले सहयोग गर्ने बताइन् । जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले जिल्लामा उत्पादन भएका कृषि तथा पशुको नुवाकोटमै पर्याप्त बजार रहकाले यस्ता हाटबजार निरन्तर रुपमा सञ्चालन गर्न सकेमा किसानलाई बढी लाभान्वित हुने बताए ।

नुवाकोट उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शरणउत्सुक सापकोटाले हाट बजार सञ्चालनका लागि शुुरुमा सहयोग गर्ने संघसंस्थालाई निरन्तरता दिनका लागि आग्रह गरे । नुवाकोट उद्योग वाणिज्य संघ, जिल्ला समन्वय समिति, जिल्ला कृषि विकास कार्यालय, विदुर नगरपालिका, जिल्ला पशु विकास कार्यलय र सुआहारा कार्यक्रमको संयुक्त आयोजनामा हाटबजार शुरु गरिएको हो ।

हाट बजारमा कृषि उपज दूध, दही, घिउ, च्याउ, काउली, मह, माछामासु र सबै प्रकारका कृषि उत्पादन राखिएको छ । हाट बजार सञ्चालनका लागि विभिन्न निकायको सहयोगमा इलम प्रशिक्षण केन्द्र परिसर विदुरमा रु १७ लाख ९२ हजारमा स्थायी कक्ष निर्माण गरिएको छ आजको हाटबजारमा रु पाँच लाखको कारोवर भएको नुवाकोट उद्योग वाणिज्य संघका प्रवक्ता सन्तोष उप्रेतीले जानकारी दिए ।

२०७४ माघ ८ गते प्रकाशित

वि.सं.२०७४ माघ ८ सोमवार २०:५० मा प्रकाशित

You can share this post!

विश्व बैङ्कले भन्यो-  नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-  नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस्  आजको राशिफल

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...