back
NMB ad

राजनितिक दल गैरजिम्मेवार बन्दा राष्ट्रियसभामा मुुसलमान शून्य

Kumari bank ad

काठमाडौँ । नेपाली काँग्रेस तथा नेकपा (माओवादी केन्द्र) सम्बद्ध मुसलमान भ्रातृ संगठनले राष्ट्रियसभामा मुसलमान समुदायको प्रतिनिधित्व शून्य गर्ने गरी थ्रेसहोल्ड ल्याइएको जनाउँदै त्यसको खारेजीको माग गरेका छन् ।

शुक्रबार आयोजित पत्रकारमा सम्मेलनमा उनीहरुले ठूला राजनीतिक दलबाट राष्ट्रियसभामा मुस्लिम समुदायको प्रतिनिधित्व शून्य बनाइएको भन्दै त्यसमा पुनःविचार नगरे आन्दोलन गर्ने चेतावनी दिए ।

थ्रेस होल्डका कारण गत निर्वाचनमा मुसलमान समुदायका प्रतिनिधि निर्वाचित हुन नसकेको र राष्ट्रियसभामा पनि कुनै पनि राजनीतिक दलले मुस्लिम समुदायका प्रतिनिधिलाई उम्मेदवार नउठाएका कारण उनीहरुको प्रतिनिधित्व राष्ट्रियसभामा शून्य हुने अवस्था आएको छ ।

एमालेका केन्द्रीय सदस्य तथा नेपाल मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष सेराज अहमद फारुकीले देशको कूल जनसंख्याको ११ प्रतिशत जनसंख्या रहेको मुसलमान समुदायको प्रतिनिधित्वविना राष्ट्रियसभाको कल्पना गर्न सकिँदैन भन्दै यसमा ठूला तीन राजनीतिक दलले पुनःविचार गर्नुपर्ने बताए ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा मुस्लिम मुक्ति मोर्चा नेपालका अध्यक्ष अतहर हुसेन फारुकीले संविधानले व्यवस्था गरेको अधिकारलाई राजनीतिक दलले कुल्चने काम गरेको आरोप लगाए । मोर्चाका वरिष्ठ उपाध्यक्ष ताज महम्मद मियाले राष्ट्रियसभामा मुसलमानको प्रतिनिधित्व नगरिएमा कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।

नेपाली काँग्रेसको भ्रातृ संगठन मुस्लिम संघ नेपालका वरिष्ठ उपाध्यक्ष मोहमद निजामुद्दीनले विगतका हरेक आन्दोलनमा मुस्लिम समुदायको देन भए पनि राष्ट्रियसभाजस्तो गरिमामय स्थानमा उपस्थिति शून्य पार्नु काँग्रेससहित ठूला राजनीतिक दलको गैरजिम्मेवारपन भएको आरोप लगाए ।

२०७४ माघ १२ गते प्रकाशित

वि.सं.२०७४ माघ १२ शुक्रवार १८:४२ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...