back
NMB ad

‘एक लाख रकम थप्ने निर्णय हामीकहाँ कुनै जानकारी आएको छैन्, आयो भने नयाँ बजेट नआएसम्म दिन सकिँदैन् : सिईओ भुषाल

Kumari bank ad

काठमाडौं । राष्ट्रिय पूननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालले भुकम्प पीडितलाई थप एक लाख दिने सरकारको निर्णय नयाँ सरकार र नयाँ बजेट नआएसम्म दिन नसकिने स्पष्ट पारेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्राधिकरणका सिईओ भुषालले यस्तो बताएका हुन् । उनले भने,‘एक लाख रकम थप्ने निर्णय भएको जो कुरा बाहिर आएको छ, यसबारे हामीकहाँ हिजोको मितिसम्म कुनै जानकारी आएको छैन्, यदि निर्णय गरेर हामीकहाँ आयो भने पनि यो रकम दिन यो आर्थिक वर्षभित्रै दिन सक्ने संभावना छैन, अर्को नयाँ सरकार नआएसम्म सम्भव छैन्।’

भुषालले आफू अर्थ मन्त्रालयमा बसेर काम गरिसकेको व्यक्ति भएकोले यो वर्ष थप रकम दिन नसकिने जिकिर गरे । उनले भने,‘यो थप दिने भनिएको एक लाख रकम यो वर्ष दिनै सकिँदैन, नयाँ बजेट आएपछिमात्रै सम्भव छ, अहिले छैन, किनकी यो नन–बजेटरी रकम हो।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले पुननिर्माणका कार्यहरु दु्रत गतिमा भैरहेको पनि जानकारी दिए । पीडितका आँशु पुछनेगरि आफूहरुले काम गरिरहेको उनले विश्वास दिलाए । उनले भने,‘आउने बैशाख १२ गते भुकम्प दिवस पनि हो, त्यतिवेला अर्को नतिजा दिनेगरि केही योजनासहितका काम गर्छौं।’

त्यस्तै उनले यही माघ मसान्तभित्रै १ लाख घर निर्माण भैसक्ने र ३ लाख निर्माण जारी राख्ने विश्वास दिलाए । उनले प्राधिकरणलाई अझै १३ अर्ब रुपैयाँ आवश्यक पर्नसक्ने पनि जनाए ।

आफूहरु यो वीचमा आउने सबै खाले गाँठाहरु फुकाउँदै अघि बढिरहेको उल्लेख गर्दै उनले भने,‘हामी गाँठाहरु फुकाउने क्रममा छौं, प्राविधिकहरु सदरमुकाममा बस्न रुचाउँछन्, किनकी सुगम हुन्छ, यसले गर्दा पनि गाउँगाउँमा केही समस्या परेको छ, प्राविधिकहरुको अभाव छ, तर यसलाई पनि हल गर्नेगरि हामीले सबै प्राविधिकहरुलाई स्थानीय तहसम्मै पुर्याउनको लागि त्यही अनुसार बजेट विनियोजन गरेका छौं, अतिप्रभावित १४ जिल्ला र प्रभावित १८ जिल्लाका स्थानीय तहहरुमा कर्मचारी खटाएका छौं।’

प्राविधिकहरुले सिफारिह नगरेसम्म दोस्रो र तेस्रो किस्ता दिन नमिल्ने भएकोले उक्त समस्या हल गर्नको लागि आफूहरुले गम्भिर पहल लिएको उनले बताए । त्यस्तै उनले विगतमा डकर्मीको काम गरेकाहरुलाई पनि आफूहरुले तालिम दिने व्यवस्था गरेको सुनाए । उनले भने,‘करिब २१ ह्जार प्लसलाई तालिम दिन्छौं, कतिपय स्थानमा सुरु भैसक्यो।’

त्यस्तै उनले नीजी आवास निर्माणको लागि ढुँगा, बालुवा, गिटीको कुनै अभाव नभएको पनि स्पष्ट पारे । उनका अनुसार काठको पनि कुनै अभाव छैन । भुषालले थपे,‘यो बीचमा निर्माण सामाग्रीको मुल्य वृद्धि भएको थियो, तर हामीले प्राधिकरणमा छलफल गरेर छुटको व्यवस्था गरेका छौं, अब उहाँहरुले भाउ घटाउनुभएको छ।’

भुषालले यही माघ १ गतेको कार्यविधिले अशक्त, एक महिला, टुहुराटुहुरीको लागि प्राधिकरणले आँफै घर निर्माण गरिदिने भएकोले सोही अनुसार प्राधिकरणले काम गरिरहेको पनि सुनाए । उनले भने,‘शारिरिक रुपमा अशक्त जो ७० वर्ष नाघेका छन्, उनीहरुलाई हामीले घर निर्माण गरिदिने हो, त्यस्तै ६५ वर्ष पुगेका एक महिलाहरुलाई पनि हामीले नै बनाउने हो, १६ वर्ष मुनिका टुहुराटुहुरीलाई पनि हामीले नै बनाउने हो, अहिले यसको हिसाब गर्ने हो भने ४०० को संख्या आएको छ, यो संख्या अझै बढ्न सक्छ।’

उनले प्राधिकरणसँग अहिले ५३ अर्ब रकम रहेकोले अझै ४८ अर्ब अपुग रहेको सुनाए । उनले भने,‘यसको लागि हामीले अर्थलाई म आँफै लगातार अर्थमन्त्रालय धाईरहेको छु, उहाँहरुले पनि हामीलाई चाहिने रकम खोज्छौं भन्नुभएको छ।’ उनले आफू एक्शन ओरियण्टेट भएको पनि सुनाए ।

त्यस्तै उनले धरहरा निर्माणको विषयमा डिजाईन ईस्टिमेट भैरहेकोले अब केही दिनभित्रै फाईनल गरिने जानकारी दिए । उनले भने,‘धरहरा निर्माणको लागि फाईनल डिजाईन गर्छौं, यसको आउटर लुक पूरानै हुन्छ, भित्र लिफ्ट हुन्छ, अण्डरग्राउण्ड पार्किङ् पनि हुन्छ।’ काष्ठमण्डप पनि यही आर्थिक वर्षभित्रै सुरुवात गर्ने उनको भनाई थियो ।

त्यस्तै उनले दरबार हाईस्कुलपनि यही आर्थिक वर्षभित्रै निर्माण सुरु गर्ने र ललितकला पनि बनाउने सुनाए । उनका अनुसार ललितकला ५ तले नै बन्नेछ। काठमाडौैंमा भुकम्पले भत्किएका एक लाख एक हजार घरमध्ये ८० हजार बन्न बाँकी रहेको उनले जानकारी दिए ।

ल्लीगल्लीमा रहेका घर निर्माणको लागि बैंकले लोन नदिने भएकोले यसबारेमा आफूहरुले प्राधिकरणभित्रै बैंकिङ युनिट खडा गर्ने उनको भनाई थियो । उनले थपे,‘यसबारेमा हामीले राष्ट्र बैंक र अर्थ मन्त्रालयका अधिकारी राखेर खडा गर्छौं, ऋण प्रवाह पनि हुन्छ।’

पूननिर्माण प्राधिकरणको निर्देशक समितिको बैठक यही माघ २६ गते बस्ने पनि जानकारी दिए । सोही बैठकबाट दोस्रो किस्ता लिनेबारे पुष मसान्त सकिएको म्याद थप्ने वा नथप्नेबारे निर्णय लिईने पनि उनले जानकारी दिए । भुषालले यही आर्थिक वर्षभित्र करिब ६० प्रतिशत नीजी आवास निर्माण भैसक्ने र सम्प्दाको लागि भने समय लाग्ने स्पष्ट पारे ।

त्यस्तै उनले पैसा अभाव हुने भएकोले यही वर्ष अर्थात् सन २०१८ भित्रै मित्रराष्ट्र र अन्य दातृ निकायहरुसँग हामीलाई पैसा अभाव भयो भन्दै सहयोगको लागि दाता सम्मेलन आयोजना गरिने जनाए ।

२०७४ माघ २० गते प्रकाशित

वि.सं.२०७४ माघ २० शनिवार १६:४९ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...